20200613

सोँचनिय लागेका केही गम्भीर सवालहरु

Image may contain: 1 person, sitting and indoor
सर्ब सम्मत रुपमा सँसदबाट कालापानी, लिपुलेक र लिम्पिया धुरा समाबेश गरिएको नक्सा अनुमोदन गर्दै संबिधानमा सँसोधन गर्दा देखिएको यो अभुतपूर्ब एकता देशको हरेक सवालमा देख्न पाइयोस हाम्रो कामना र सरकार सहित सबै साँसदहरुलाई हार्दिक धन्यवाद । आज धन्यवाद मात्र । जुन दिन नेपाल सरकारले यि भूभाग व्याबहारिक रुपमा फिर्ता ल्याएर त्यहाँ नेपाल "कायम" गर्ने छ त्यो दिन हामी यस्तो काम गर्ने सरकार देखी सांसद सम्म सबैको तारिफ गर्ने मात्र होइन आरती उतार्ने छौं ।

आजकै सन्दर्भमा सोँचनिय लागेका केही गम्भीर सवालहरु:


१- संबिधान जारी गर्दा नेपालको नक्सा किन छुटाईएको होला उ बेला ?

२- आफ्नै सचिबालय भित्र अल्पमतमा परेर प्रधानमन्त्रीले पद छोड्नु पर्ने माग आएकै बेला र भोली त्यसको छिनोफानो गर्ने भनेर स्थायी कमिटीको बैठक बोलाईएका बेला रातारात हाम्रो नयाँ नक्सा जारी गर्ने ओली सरकारको राष्ट्रियताको कार्ड फ्याँक्ने निर्णयमा कुनै खेल होला कि नहोला ?

३- पहिला नक्सा जारी गर्ने अनी बल्ल कालापानी, लिपुलेक र लिम्पिया धुरा क्षेत्र नेपालको हो भन्ने बारे बुझ्न र प्रमाण सँकलन गर्न भनेर नेपाल सरकारले समिती गठन गर्नु शंकास्पद भएन र ? यदी सरकारी नियत सही भएको भए नक्सा जारी गर्नु अगाडिनै होइन र बुझ्न र प्रमाण सँकलन गर्न भनेर सरकारले समिती गठन गर्नु पर्ने ??

४- योग्य शासकहरु दुई वा दुई भन्दा बढी देशसँग सम्बन्धित मुद्धाहरुमा कुटनीतिक ढङ्गले सरकार स्तरमै बसेर कुनै पनि समस्या कुटनीतिक ढङ्ग बाटै समाधान गरेको देखिन्छ अरु देशमा । नेपाल भारतको सन्दर्भमा कुटनीतिक स्तरमा समाधान किन खोजिएन वा भएन होला ?

५- हरेक कुरामा, भित्री रुपमा भारतको पक्ष लिने मधेशबादी दलहरु आज निशर्त रुपमा एक भएर यो एकता प्रदर्शन गर्न किन वाध्य भए होलान ?

६- नक्सा जारी गरे लगत्तै लकडाउनका बेला भारतीय दुत श्याम शरण नेपाल आएर ओली, प्रचण्ड, देउबा सहितका नेताहरुलाई रातारात भेट्नु, सँसदमा रहेको नक्सा परिवर्तन सहितको संबिधान सँसोधन कार्यसुची एकाएक गायब हुनु तर अहिले आएर यो एकता देखिनु के सँयोग मात्र होला ?
७- यसै गरेर बारम्बार ढांटिएको छ, छलिएको छ, धोखा दिइएकोछ, बिकिएको छ बिगतमा । यस पटक पनि त्यो कतै दोहोरिएको त छैन ?

यि र यस्ता दर्जनौं सवालहरुमा आँखा चिम्म गरेर आँखा भएको तर अन्धो बन्न चाँही सकिन्न है ।

आज भने, चाहे जे सुकै होस । हामी नेपाली । हाम्रो माटो हामीलाई प्यारो छ । फेरी पनि सर्ब सम्मत रुपमा सँसदबाट कालापानी, लिपुलेक र लिम्पिया धुरा समाबेश गरिएको नक्सा अनुमोदन गर्दै संबिधानमा सँसोधन गर्दा देखिएको यो अभुतपूर्ब एकता देशको हरेक सवालमा देख्न पाइयोस हाम्रो कामना र सरकार सहित सबै साँसदहरुलाई हार्दिक धन्यवाद ।
No photo description available.

संविधान संशोधनमा अनुपस्थित सांसदहरु:

अमृतादेवी अग्रहरी
गोपालबहादुर बम
दुलारीदेवी खत्वेनी
धनबहादुर बुढा
नागेन्द्रकुमार चौधरी
प्रमोद साह
शिवकुमार मण्डल
सरिता गिरी
सूर्यनारायणण यादव
सूर्यबहादुर केसी
हरिबोल गजुरेल
ज्ञानकुमारी छन्त्याल

निलम्बित (जो संसद बैठकमा भाग लिन पाउँदैन)

विजयकुमार गच्छदार
मो. आफताव आलम
हरिनारायण रौनियार
रेशम चौधरी

सभामुखलाई मत दिने अधिकार हुँदैन ।

– प्रतिनिधि सभामा कुल सांसद- २७५
– कुल उपस्थित सांसद- २५८
– प्रस्तावको पक्षमा – २५८
– संशोधनका लागि आवश्यक दुई तिहाइ हुन आउने संख्या- १९१
– प्रस्तावको विपक्षमा – ०
– मत दिन्न भन्ने – ०

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक