20200629

लोकप्रिय हाँस्य कलाकार शिवहरी पौडेलले जब ‘चियासँग चुरोट’ लिएर अगाडि आए !

नेपालका लोकप्रिय हाँस्य कलाकार, अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय उपाध्यक्ष शिवहरी पौडेलको नयाँ गीत ‘चियासँग चुरोट’ स्रोता/दर्शकमाझ आएको छ । शिवहरी पौडेल र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चियासँग चुरोट’को शब्द सुन्दर पन्त, सङ्गीत वावुल गिरीको रहेको गीतको छ । शिवहरी पौडेलको निर्माण निर्देशन रहेको यो गीतको भिडियोमा विकास फिरोज, मनिषा श्रेष्ठको अभिनय रहेको छ । देवराज सापकोटा/नवराज रिजालको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको छ । ‘हामीले यो गीत मुखमा हान्नुजस्तो युट्युव च्यानलबाट सार्वजनिक गरेका छौ’, शिवहरी पौडेलले भने । शिवहरी नेपालका तिनै अग्रज कलाकार हुन जो चलचित्र, टेलिभिजनका पर्दा देखी देश बिदेशका स्टेजहरुमा छाउँछन, लोकप्रिय छन र गीत पनि गाउँछन । नेपाल राष्ट्र बैँकको उप निर्देशक पदबाट रिटायर्ड उनी जन जन का प्रिय छन । उनको यो नौलो स्वादको रुपमा रहेको गीत तपाईंलाई कस्तो लाग्छ कुन्नी !
शिवहरी पौड्याल र अन्य कलाकारहरुका यि प्रस्तुतिले कसलाई बाँकी राख्ला र हँसाउन !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक