20200602

तोडफोड, लुटपाट, आगजनीले कोरोनाले थिलो थिलो बनाएको अमेरिकालाई झनै ठुलो र नकारात्मक असर

अमेरिकामा एकजना सन्की गोरो बर्णका प्रहरीको ज्यादतिले नक्कली २० डलरको नोट प्रयोग गरेको आरोप लागेका कालो बर्णका जर्ज फ्लोयडको निधन भयो । यो निधन पछि उक्त प्रहरीलाई ज्यान मारेको अभियोग लगाएर सेवा बाट बर्खास्त गर्दै कार्वाही अगाडि बढे पछि पनि अमेरिका शान्त भएन । अमेरिकाका ३० भन्दा बढी शहरहरु तोडफोड, लुटपाट, आगजनीको शिकार भए । कतिपय शहरहरुमा अत्यन्त शान्तिपूर्ण तरिकाले
घटनाको बिरोध गरिए पनि अधिकाँश शहरहरुमा झडप, आगजनी, तोडफोड हुँदा प्रहरी र प्रदर्शनकारी घाइते भैरहेका छन । यो क्रम जारी छ । आगामी नोभेम्बरमा हुने निर्वाचनको राजनीति यो घटनामा घुसिसकेको छ । डेमोक्र्याट र रिपब्लिकन दुबै पार्टीले घटनामा राजनीति गर्दा अमेरिका जलिरहेको छ । CNN जस्तो विश्वाश गरिने संचार माध्यम पुरै डेमोक्र्याटलाई फाईदा पुर्याउन र राष्ट्रपति र रिपब्लिकन पार्टीलाई हर हिसाबले बदनाम गर्न तल्लिन छ भने  अर्को ठुलो टेलिभिजन च्यानल FOX News रास्ट्रपति ट्रम्प र रिपब्लिकनका पक्षमा मात्र प्रयोग भैरहेको छ । उसले देमोक्र्याटका बिरुद्ध मात्र बोलिरहेको छ । यहाँ बिश्लेसकहरु भन्छन - अमेरिका जल्नुमा यि दुई च्यानल बढी जिम्मेवार छन । तोडफोड, लुटपाट, आगजनीले कोरोनाले थिलो थिलो बनाएको अमेरिकालाई झनै ठुलो र नकारात्मक असर गरिरहेको छ । आखिर राजनीति जहाको पनि फोहोरी खेल रहेछ भन्ने यो घटनाले थप पुस्टि गरेको छ । बरु जातभात, कालो गोरो, उचो निचो केही कुरामा विश्वाश नगर्ने मलाई आस्चर्य लागेको कुरा के छ भने - अमेरिकामा भएका तोडफोड, लुटपाट, आगजनी लगायतका घटनामा कालो बर्णका मान्छेहरु नै अगाडि किन देखिन्छन होला ! म आफै मन मनै गमिरहेको छु - यो त भएन मात्र होइन हुँदै भएन नि ! चोरी, डकैति, लुटपाट, अराजकता, अपराधमा संलग्न काला, गोरा, गहुँ गोरा वा जुन सुकै बर्णका भने पनि, जो सुकै भए पनि तिनलाई छोड्नु त हुँदै हुन्न । नियम कानुन अनुसार कार्वाही हुनै पर्छ । जनताको जिउधनको सुरक्षा पनि गर्नै पर्छ होइन भने त गुण्डा राज भैहाल्यो नि !   











                             

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक