20200612

एनआरएनए अमेरिकाद्वारा संचार विभागको संयोजकमा चापागाईं नियुक्त, सङ्कटमा परेका महिलाहरूको लागी हटलाइन सेवा सुरु

एनआरएनए अमेरिकाले संचार विभागको संयोजकमा पत्रकार सतिश चापागाईं नियुक्त गरेको छ। एनआरएनए अमेरिकाका गतिबिधिलाई ब्यबस्थित रुपमा आम सदस्य र सर्बसाधारण समक्ष पुर्याउन सहयोग पुगोस भने उद्देश्यले पत्रकार चापागाईंलाई यो जिम्मा प्रदान गरेको एनआरएन अमेरिकाका अध्यक्ष सुनील साहले बताउनु भयो। पत्रकार चापागाईं अहिले नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक र संचालक हुनुहुन्छ। नेपालमा लामो समय पत्रकारिता गर्नुभएका चापागाईले बिभिन्न पत्रिकामा सम्पादक र बिभिन्न एफएमहरुमा स्टेशन म्यानेजरको जिम्मेवारी बहन गरिसक्नु भएको छ।  नेपाल प्रेस युनियनका पुर्ब केन्द्रिय उपाध्यक्ष चापागाई नेपाल पत्रकार महासंघ पाल्पामा बिभिन्न जिम्मेवारी बहन गरिसक्नु भएको छ। एनआरएनएका मुद्धाहरुलाई विश्वब्यापी नै

उठाउदै आउनु भएका चापागाई एनआरएनए अमेरिकालाई नजिकबाट बुझेका ब्यक्ति हुनुहुन्छ। कार्यक्रम जोग संजोगका संचालक समेत हुनुहुन्छ। “यो अवसरका लागि एनआरएनए अमेरिकाको सिंगो कार्यसमितिलाई धन्यवाद दिदै संस्थाको संस्थागत विकासमा संचारको क्षेत्रबाट गर्नुपर्ने सहयोग रचनात्मक रुपमा गर्नेछु।” चापागाईंले छोटो प्रतिक्रिया दिदै भन्नुभयो। नेपाल मदर डट कम परिवार एनआरएनए अमेरिकालाई धन्यवाद र सतिशजी लाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

यता सरस्वती शर्मा 'सरु' का अनुसार गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सङ्कटमा परेका अमेरिका बासी आम नेपाली महिलाहरूको लागी हटलाइन सेवा सुरु गरेको छ । कुनै पनि आपतकालिन सेवा र परामर्श तथा घरेलु हिंसा एवम उद्दारका लागी अब २४ घण्टा नै खुल्ला रहने गरेर ८४४ ६७६ २८७२ टेलिफोन नम्बर बाट सेवा सुचारु गरेको हो ।

Image may contain: Dikshya Basnyet, selfie and closeupसाथै निश्चित कानुनी उपचार, र तत्काल राहत एवम अन्य सेवाको लागी पीडितलाई सम्बन्धित निकाय सम्म पु¥याउने र केही निःशुल्क परामर्श र कानुनी प्रावधानका लागि पहल समेत गरिने जानकारी एनआरएनए एनसिसि युएसएकी महिला सँयोजक दिक्षा बस्नेतले दिनुभएको छ ।

फोन गर्ने प्रक्रियामा माथि उल्लेखित नम्बर डायल गरेपछि प्राप्त निर्देशन अनुसार महिलाका मुद्दा र परामर्शका लागी एक्सटेन्सन ७०० मा थिच्नु पर्ने हुन्छ । महिलाहरुको समस्या र समाधानका लागी संस्थाको तर्फबाट भरपुर पहल गर्ने प्रतिबद्धताका साथ यो सेवा सुरु गरिएको एनआरएनए एनसिसि युएसएले जनाएको छ ।

प्रवासमा कोही पनि नेपाली महिला अन्याय अत्याचार, दुरब्यबहार र हिंसाको शिकार नबनुन् भन्ने उद्देश्यले हेल्पडेस्क मार्फत विशेष पहल गर्दै समस्या समाधान गरिने छ ।

विशेष गरी कोभिड १९ र लामो समयको लकडाउनले महिलाहरूमा झनै हिंसा बढेको र धेरैमा उदासीन पैदा भएको महशुस भएर नै हिसाँ मुक्त गराउन पहलका लागि गैर आवासीय नेपाली सङ्घ वोमन पार्टिसिपेसन एण्ड ईम्पावरमेन्ट कमिटिले यो कदम चलाएको महिला सँयोजक बस्नेतले बताउनुभयो ।

यस हटलाईन मार्फत सम्पर्कमा आउने महिलाहरुको व्यक्तिगत जानकारी बाहिर नल्याईकन समस्या समाधान गर्न पहल गरीने छ । एनआरएनए अमेरिकाको व्यवस्थापन र वोमन पार्टिसिपेसन एण्ड ईम्पावरमेन्ट कमिटिको यस प्रयासले धेरै महिलाहरुले आफ्नो समस्या बिना कुनै झन्झट राख्नु हुनेछ भन्नेमा सँघ बिस्वस्त रहेको छ ।

अमेरिकामा बिशेष गरेर बिधार्थीहरु बिभिन्न कारण दुरव्यवहार र हिँसाको शिकार बन्नु पुगेका छन् भने उनिहरुले अव उनिहरुले राहत महशुस गर्ने छन् ।

************

'विमानस्थलमा बा' कविता भिडियोमा

'विमानस्थलमा बा' पत्रकार तथा साहित्यकार सतिश चापागाईंको चर्चित कविता हो । यहि कवितालाई साझा कथाले ग्राफिक्स भिडियो सहित सार्बजनिक गरेको छ। साझा कथाले समाजमा लुकेका तर सबैले थाहा पाउनुपर्ने बिषयबस्तुलाई भिडियो सहित सार्बजनिक गर्ने गर्दछ।
"थाहा छैन तपाईले यो कविता लेख्दा कति आँसु बगाउनुभयो । तर वाचन गर्दा मेरो पनि आँशु थामिएन ।" साझा कथाका सुनिल कोइरालाले भिडियो सार्बजनिक गर्दै भनेका छन।  यो हरेक परदेशी छोराछोरीको आफ्नै भोगाई हो। मैले मेरो अन्तर मनको सम्बाद ११ बर्षपछि लेखें। अहिले सार्बजनिक भएपछि अरुले पनि 'यो त मेरो पनि कथा हो भन्नुभएको छ।" कविताका सर्जक सतिश चापागाईंले भन्नुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक