20200721

चैत्र ११ गते देखि जारी लकडाउन आज राती १२ बजेदेखी अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

Forty days of lockdown in photos
मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंह दरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रबक्ता, अर्थ मन्त्री एवं संञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले यही चैत्र ११ गते देखि जारी लकडाउन आज राती १२ बजेदेखी अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।


मन्त्री डा खतिवडाले जारी लकडाउन अन्त्य भएसंगै निजी सवारी साधनमा लागु भएको जोर–विजोर प्रणाली अन्त्य हुने, कार्यालयहरू नियमित रूपमा विहान १० बजे देखी बेलुका ५ बजे सम्म खुल्ने र अन्य आर्थिक गतिविधिहरू पनि सुचारू हुने बताउनुभयो ।

जारी लकडाउन अन्त्य भएपनि यही श्रावण ३२ सम्मका लागि नेपाल प्रवेश गर्ने सम्पूर्ण सीमा नाकाहरू बन्द रहने र अत्यावश्यक बाहेकका सबै आवागमन स्थगित गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यसैगरी बैठकले जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पुरा गरी यही श्रावण १५ गते देखि होटल, रेष्टुरेन्ट, ट्रेकिङ, ट्राभल्स लगायतका पर्यटन संग सम्बन्धित व्यवसायहरू सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

तर, होटल, पार्टी प्यालेस तथा रेष्टुरेन्टमा सभा, सम्मेलन र सामारोह गर्न भने अर्को निर्णय नभएसम्मका लागि निषेध गरिएको मन्त्री डा. खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी बैठकले भदौ १ गते देखी लामो, मध्यम तथा छोटो दुरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ ।

विद्यालय तथा कलेजमा हुने नियमित पठन–पाठन, समूहमा हुने खेलकुदका गतिविधि, सिनेमाहल, जीम हल, सैलुन, पुस्तकालय, धार्मीक स्थल लगायतका क्षेत्रहरू भने अर्को निर्णय नभएसम्म बन्द नै रहने सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं अर्थ मन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले बाढि, पहिरो र डुवानमा परी घाईते भएका व्यक्तिको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने, मृतक आफन्त एवं आश्रित परिवारलाई उचित राहत उपलब्ध गराउने र प्रभावित क्षेत्रमा अन्य रोगको प्रकोप फैलन नदिन आवश्यक औषधि तथा उपकरणहरू सहित स्वास्थ्य कर्मीको टोली खटाउने निर्णय गरेको मन्त्री डा खतिवडाले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले नेपालमा उत्पादन भई खपत हुन नसक्ने विद्युत भारत र बंगलादेश तर्फ बोलपत्र मार्फत, तथा डे–अहेड वा टर्म–अहेड मार्फत अल्पकालीन तथा दीर्घकालीन रूपमा विक्री तथा खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने, प्रशासकीय अदालनको अध्यक्षमा डिल्लीराज घिमिरे र सदस्यमा रीता मैनाली तथा कृष्णप्रसाद पौडेललाई नियुक्त गर्ने,नेपाल कृषि विधेयक तर्जूमा गर्न सैद्धान्तिक स्वीकृति दिने, खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरूमा राजपत्राङ्कित श्रेणीका २ सय २३ अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्ने, प्रमुख निर्वाचन अधिकृतको कार्यालय काठमाडौमा स्थापना गर्ने, निर्वाचन सम्पनन नभए सम्मका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा रहने विभिन्न १९ जना कर्मचारीहरूको दरवन्दी स्वीकृत गर्ने पनि निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री, संञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।
Kathmandu lockdown. Source: Satya : Nepal
Kathmandu's road ahead post-COVID-19 | Nepali Times

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक