20200727

तीज गीत र संस्कृति माथिको बलात्कार देख्दा.....!

स्याबास बल्छी धुर्बे, राजु मास्टर र  हल्का रमाइलो टिमका सहयोगी कलाकारहरू !
तीज गीत र संस्कृति माथिको बलात्कार देख्दा वाक्क दिक्क भएर हरेक वर्ष लेख्ने, बोल्ने म जस्तो मनुवालाई पनि साथ दिने मान्छे रहेछन् देशमा, विरोध गर्ने काम सुरु भएछ नेपालमा पनि । तीज गीत र संस्कृति माथिको बलात्कार र विकृति का विरुद्ध आवाज उठाउन, कार्यक्रमहरूमै ब्यङ्ग गर्न थालिएछ खुसी लाग्यो ।

नेपालमा अहिलेको पुस्ताका लोकप्रिय कलाकार मरीचमान श्रेष्ठ उर्फ बल्छी धुर्बे, राजु मास्टर र उनीहरूको टिम हल्का रमाइलोका सहयोगी कलाकारहरूको यो हप्ताको प्रस्तुति देखेर खुसी मात्र लागेन खुल्ला दिलले प्रशंसा गर्न मन लाग्यो । धेरै धेरै धन्यवाद बल्छी भाइ, राजु भाइ र सबै कलाकारहरूलाई । विकृति र विसङ्गतिलाई बोक्ने आफ्नै सहयात्री कलाकार होउन् वा भाइरल बन्ने लालसामा गलत बाटो हिँडिरहेका जो सुकै होउन्, यसरी नै ब्यङ्ग गरेर र जन चेतना जगाएर सही बाटोमा ल्याउन प्रयास गर्नै पर्छ । तपाईँहरूको यो ब्यङ्गले उनीहरूको चेत खुलोस् । दर्शक श्रोताले पनि तीज गीत र संस्कृति माथिको बलात्कारलाई यसै गरेर सभ्य तरिकाले आवाज उठाउने र फिल्टर गर्ने गर्नै पर्छ । स्याबास तपाईँहरू सबैलाई !

अरू सबै अग्रज, सहयात्री र अनुज कलाकार मित्रहरू !
 कृपया क्षणिक भाइरल हुने भ्रम बाट हामी सबै मुक्त हुनै पर्छ । तीज गीत र संस्कृति माथिको बलात्कारलाई तपाईँ हामी सबै मिलेर रोक्नै पर्छ । हामीले नेपालमा धर्म, कर्म, अनुशासन देखी लगभग सबै कुरा त खायौँ खायौँ बिन्ती छ तीज गीत र संस्कृति पनि खाने काम नगरौँ । तीज गीत र संस्कृति माथिको बलात्कार र विकृति लाई रोक्न सबैले आ आफ्नो ठाउँबाट योगदान दिऊँ ।

दर्शक श्रोता महानुभावहरू ! 
हामी कलाकारहरूको भगवान्, न्यायाधीश जे जे भने पनि यहाँहरू नै हो । प्रस्तुति सही या गलत छुट्टाइदिनुहुन, तीज गीत र संस्कृति माथिको बलात्कार रोक्न मद्दत गरिदिनुहुन सादर आग्रह गर्दछु ।

पत्रकार मित्रहरू र मिडियाहरू !
कृपया तपाईँहरूले तीज गीत र संस्कृति माथिको बलात्कार लाई प्रश्रय दिने, तिनै लाई भाइरल बनाउने, असली गीत र संस्कृति लाई छायाँ पार्ने काम तत्काल बन्द गरिदिनुहुन विनम्र आग्रह छ ।

* रामप्रसाद खनाल - अध्यक्ष एवम्
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार

www.IAFAmerica.com  / www.RamPrasadKhanal.com   

बुझ्नेहरुलाई काफी छ हल्का रमाइलोको यो हप्ताको एपिसोड र ब्यङ्ग  !       
Image may contain: 1 person, text that says 'Suggested: Halka Halka Ramailo Epis Episode 35 12 July 2020 Balchhi Balchhi Dhrube, Raju Master Nepal... a... i Subscribe'
Image may contain: 1 person, hat
एक हप्ता अघिको मेरो एउटा स्टाटस जस्ताको तस्तै : 

हामीले यसरी गाउँथ्यौँ तीजका गीतहरु र सन्देश दिने प्रयास गर्थ्यौँ पहिले पहिले ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक