20200820

तीजको गीत - २०७७

 हाम्रा बा का तीन छोरी फोटो हेर्दै तीज मनाए   

बिन्ती गर्छु यो तीजमा माइत नआए  

माइती लिन आएनन् भनी पिर पनि नमाने

बच्यौँ भने फेरी तीज आउँछ त्यो जाने 

यस्तो पनि तीज आयो देख्न भेट्न नपाइने 

श्रीमतीलाई गहना पात सारी नचाहिने !

सुनको भाउ घटोस् बढोस् गइँदैन बजार 

चाहिएनन् सुनका गहना लाइन्न नजर 

मान्छे देखे मान्छे भाग्ने कस्तो आयो रोग पनि 

कति खेर त चल्छ मलाई रिस र झोक पनि 

नाकमुख छोप्न मास्क लगाउँदा दुवै कान बाङ्गिए 

दाह्री कपाल काट्न छैन बनझैँ झाँगिए 

यसो हेर्दा महिला का नि दारी जुँगा आउने भए 

ब्युटी पार्लर जाने खौरने दिन पनि गए 

चोरले झैँ नाक मुख छोपी हिँड्नु पर्ने बजार 

पुलिसले आँखा गाड्दै लाउँछन् नजर 

अस्पताल, डाक्टर, नर्स ठुलालाई मात्र गए  

जनताले उपचार पाउने दिन गए 

भागबन्डा र लुछाचुँडी कति गर्छौ सरकार

जनताको किन तिमीले लिन्नौँ दरकार ??

आफ्नो ज्यान आफै जोगाऊँ सरकार नाममा मात्रै भो  

देखेकै छौँ बाह्रै महिना देशमा जात्रै भो !! 

हिड्दा हिड्दै मुलबाटामा जाली रुमाल भेटियो 

बिदा दिनुस् मलाई पनि गीत मेटियो 

- रामप्रसाद खनाल, भदौ ४, दर खाने दिन, २०७७ 

हाल : भर्जिनिया, अमेरिका    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक