20200807

यस पालिको तीज !

Suraj Ghimire - Posts | Facebook

भए जतिका सबै गीतकार 

कोही सङ्गीतकार

गायक गायिका कति कति

ओहो मोडल मोडल्नीहरुको हानथाप 

लाखौँ उडेको छ म्युजिक भिडियोमा 

फुस फुस कपास उडे जस्तै 

युट्युबरहरु अगाडि पछाडि लाग्छन् 

अन्तर्वार्ता बिस्कुन सुकाए जस्तै छन् 

जता हेर्‍यो उनै 

सबै व्यस्त छन् 

हाइ हाइ छ 

टिक टक, फेसबुक, अनलाइन 

सामाजिक सञ्जालहरू भरी भराऊ छन् !

टेलिभिजनमा तिनै बज्छन् 

तिनै देखिन्छन् जता पनि  

हाम्रा गाउँको काले

अहिले भाइरल भएको छ 

कालीको के कुरा गर्नु !

उ आफ्नै मान्छे चिन्दिन

त्यस माथि तीजको सिजन छ 

जे गाए पनि हुने 

जसरी गाए पनि हुने 

नाचको के कुरा भो र ! 

कोही बिच बिचमा नाच्छन 

कोही छेउ छाउँमा    

अर्धनङ्न शरीर

अँङ्ग प्रत्यङ्ग सबै बिक्रीमा छन

हाट बजारका सामानहरु जस्तै  

आफ्नो बेइज्जत भएको देखेर 

गिटारहरू धुरु धुरु कति रुँदा हुन   

ड्रमसेटहरुले,

मलाई कहाँ ल्याएर बजाको ?? भन्दै 

कति विरक्त हुँदा हुन 

मादल, सारङ्गी, बाँसुरीहरू 

यस्तो देख्दा कति भक्कानिँदै रुँदा हुन    

हजुर आमा, आमाहरू

राम राम के देख्नु परेको हो भन्दै 

दुवै आँखाहरू छुँदा हुन 

हजुर बा र बा हरू के हुँदा हुन !!              

कोरोना भाइरस पनि 

मुख मिठ्याउँदो हो 

उनीहरू भाइरल भएको देखेर

 हिट छन् उनीहरू अहिले 

फिट छन् उनीहरू अहिले 

यस पालिको तीज झन् भाइरल छ 

कोरोना भाइरस भन्दा पनि !  

- रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक