20200924

बिकराल स्थितिको सँकेत : कोतोना भाईरस महामारीमा यस्तो छ नेपालको पछिल्लो अपडेट

 कोरोना भाइरसको सङ्क्रमणका कारण उपत्यकाका छ सहित आज १७ जनाको मृत्यृ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा्.डा. जागेश्वर गौतमले आज १२ पुरुष जना र पाँच जनामहिलाको मृत्यु भएको जानकारी दिनुभयो । सङ्क्रमणबाट काठमाडौँका चार जना, भक्तपुर र धुनुषाका दुई÷दुई जना, मोरङ, झापा, सुनसुरी, रौतहट, धादिङ, तनहँु , दाङ, कपिलवस्तु, नवलपरासीका एक÷एक जनाको मृत्यु भएको प्रा.डा. गौतमले जानकारी दिनुभयो । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या चार सय ५३ पुगेको छ ।

यस्तै आज ५४ जिल्लाका थप एक हजार चार सय ९७ जना सङ्क्रमित थपिएका छन । योसँगै हालसम्मको कूल सङ्क्रमितको संख्या ६९ हजार तीन सय एक पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौँमा छ सय नौ, भक्तपुरमा ५१ र ललितपुरमा ९५ गरी काठमाडौँ उपत्यकामा सात सय ५५ जना सङ्क्रमित थपिएका छन् । यस्तै आज ७१ जिल्लामा १८ हजार चार सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितहरु मध्ये नौ हजार आठ सय २३ जना होम आइसोलेसन र आठ हजार छ सय १४ जना संस्थागत आइसोलेसनमा रहेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो । यस्तैगरी गम्भिर लक्षण भएका दुई सय ३२ सङ्क्रमितको आइसीयु तथा २८ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सङ्क्रमणबाट आज चार सय ५७ जना मुक्त भएसँगै हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या ५० हजार चार सय ११ पुगेको छ । यस्तै पाँच सयभन्दा बढी सङ्क्रमितहरु उपचारमा रहेका जिल्ला उपत्यकाका तीनै जिल्लासहित मोरङ, सिराहा, चितवन र रुपन्देही जिल्ला रहेका छन् । यस्तै निशेषज्ञा समाप्त भएपछिकाठमाडौं उपत्यकामा सङ्क्रमण दर तिव्र गतिमा वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना नभएका कारण सङ्क्रमणको दर वृद्धि भएको हुदाँ कोरोना सङ्क्रमणलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो । प्रवक्ता प्रा.डा.गौतमले कोरोना सङ्क्रमणको कूल सङ्क्रमित मध्ये ५० प्रतिशत सङ्क्रमित काठमाडाँै उपत्यकाका भएको जानकारी दिनुभयो ।

यता राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सांसदहरूले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सिंहदरबारमा बसेको बैठकमा सांसद शेखरकुमार सिंहले स्थानीय तह अन्तर्गत रहेका अस्पतालमा दक्ष जनशक्तिको अभावले सेवा प्रभावित भएको हुनाले तत्काल आवश्यक जनशक्ति उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद खिमलाल भट्टराइले कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले निर्माण गरिरहेका स्वास्थ्य पूर्वाधारहरूको प्रगति विवरण नियमित रुपमा सार्वजनिक गर्न माग गर्नुभयो । सांसदहरु कोमल वली, अनिता देवकोटा र गोपिबहादुर अछामी, इन्दिरा गौतम लगायतले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्य हुन नसक्दा सङ्क्रमण नियन्त्रणका लागि भएका कामहरू प्रभाविकारी नभएको बताउनुभयो । समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)को अध्यक्षतामा बसको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नेपालसँग सीमा जोडिएका भारतीय शहरमा सङ्क्रमण तिब्र रुपमा फैलिरहेको र त्यसको प्रभाव नेपालमा पनि परेको बताउनुभयो ।

उता नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त हुनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो ।

गत शनिबार चाबहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनुभएका महामन्त्री डा कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहनुभएको थियो ।

उहाँले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै पार्टीको नियमित काममा फर्कने जानकारी दिनुभएको छ ।

कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बस्नुभएका उहाँ ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि उहाँ अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बस्नुभएको थियो । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक