20200926

सत्य तितो हुन्छ है ! चेतना भया !!


 कुनै पनि व्यवस्था आफैमा खराब या सही भन्ने हुँदैनन् । ती व्यवस्थाको सफलता र असफलता तिनका सञ्चालकहरू, तिनले सत्ता सँचालन गर्ने विधि, व्यवहारमा भर पर्दछ । राजतन्त्र भएका संसारका ४० देश सफलै छन् । कम्युनिस्ट भनिने देश चीन सफलै छ । इस्लामिक गणतन्त्र भनिने कयौँ देश अगाडि बढिरहेकै  छन् । फासिस्ट भनिने रसियाले पनि विकास गरिरहेकै छ । अनुदारबादी भनेर आरोप लाग्ने ट्रम्पले संसारको अर्थतन्त्र डामाडोल भइरहँदा अमेरिकाको अर्थतन्त्रमा खासै गिरावट आउन नदिएर थामेकै छन् । संसारका कयौँ असफल राष्ट्र आज विकासको मामलामा दिन प्रतिदिन प्रगतिन्मुख छन् । जुन सुकै व्यवस्था भनिए पनि देश बनाउने अठोट हुने हो भने देश बन्न बेर लाग्दैन हेर्नुस् मलेसिया र महाथीरलाई । 

तर नेपालमा २०४६ साल यताका सरकार हेर्नुस्, बुझ्नुस्, कोही सफल छैनन् किन होला ? देख्नु भयो २ नम्बर प्रदेश सरकार र केन्द्र सरकारको विवाद ? अब प्रदेशले केन्द्र सरकार लाई मुद्दा हाल्ने रे, केन्द्र सरकारको आदेश नमान्ने रे ! सँघियताको दुहाई दिनेहरूलाई एउटा प्रश्न - अहिले करिब दुई तिहाइ बहुमतको नेकपा नामको केन्द्र सरकार, एउटा २ नम्बर प्रदेश बाहेकका सबै प्रदेशमा नेकपाकै सरकार, स्थानीय निकाय नगर पालिका, गाउँ पालिका सबै तिर नेकपा भनिनेकै प्रचण्ड बहुमत हुँदा त यो गाईजात्रा छ । लुटतन्त्र बाहेक केही छैन, भोलि यो अवस्था सधैँ नरहला । भोलि अरू पनि सत्ता मा आऊलान । अनि सरकार सरकार बिच लडाइँ, मुद्दा, मामिला, तानातान हानाहान बाहेक हुन्छ के ?? 

यो लोकतन्त्र, गणतन्त्र, सङ्घीयता नामको लुटतन्त्र रही रह्यो भने नेपाल भन्ने देश नरहन पनि सक्छ । देश रोज्ने कि यो व्यवस्था अब नेपाली जनताको काँधमा आएको छ । सत्य तितो हुन्छ है ! चेतना भया !!        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक