20200908

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय छ !

 काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप छ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय छ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक जना महिला र पाँच जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो । आज कोरोना भाइरसबाट हाल सम्मकै धेरै २ हजार २ सय ८७ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हालसम्म ३२ हजार ९ सय ६४ जना संक्रमण मुक्त भएको जानकारी दिनुभयो । गएको केही दिन देखि संक्रमण मुक्त हुनेको दर बढ्दै गएको र हाल सम्म ६८ दशमलव ५ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसेको प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।

यसैगरी आज १० हजार ६ सय ११ नमूना परीक्षण गर्दा थप ९ सय २ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना भाइरसबाट ४८ हजार १ सय ३८ जना संक्रमित भएका छन् भने १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय सक्रमित मध्ये ८ हजार ५३ जना संस्थागत आइसोलेसनमा र ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । गम्भीर लक्षण देखिएका १ सय ४४ जना संक्रमितको आइसियु र २३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो । यस्तै नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ । आज विभिन्न जिल्लाका ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक