20201004

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५३५ !

 काठमाडौं / नेपालमा कोरोनाभाइरसका दुई हजार २५३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार २५३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८६ हजार ८२३ पुगेको छ । हाल २२ ह्जार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ३२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६४ हजार ६९ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७३.७ प्रतिशत हो । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

देशमा लगाइएको बन्दाबन्दी हटेसंगै कोरोना संक्रमण बढ्दै जान थालेको छ । संक्रमण बढ्ने प्रमुख कारण आम मानिसले जनस्वास्थ्यको मापदण्ड पालना नगरिएको पाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन मानिसहरुले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगरेकोले कोरोनाको जोखिम बढेको बताउनुहुन्छ ।

बन्दाबन्दी खुलै संगै मापदण्डको पालना गरि हामीहरुले काम गर्नु पर्नेमा त्यसो हुन नसकेको डाक्टर पुन बताउनुहुन्छ । अहिले मानिसहरु सडकमा विना मास्क हिडिरहेका छन् । कोरोना संक्रमण रोक्ने हो भने जनस्वास्थ्यका मापदण्ड इमान्दारीका साथ सवैले पालना गर्न जरुरी रहेको उहाँको भनाई छ ।

आम मानिसले हात धुनी, मास्क लगाउने कुरामा पालना नगरेको कुरा स्वास्थ्य मन्त्रालयको रिपोर्टले पनि देखाएको डाक्टर पुन बताउनुहुन्छ । अहिले काठमाडौंमा बढ्दै गएको कोरोनाको संक्रमण लकडाउनपछि बाहिरबाट आएका मानिसहरुबाट संक्रमण पैmलिएको उहाँ बताउनुहुन्छ ।

काठमाडौंका उपत्यकामा मानिसहरु कोरोना संक्रमण हटिसक्यो भन्ने तरिकाले हेलचेक्राइँ गरेर हिडिरहेका छन् । मास्क नलगाउने माथि सरकार कडा रुपमा प्रस्तुत हुनुपर्छ । हामी अरु देशको तुल्नामा जनस्वास्थ्यका मापदण्ड पालना गर्न चुकेको उहाँ बताउनुहुन्छ ।

जनस्तरमा कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न अभियान नै चलाउन आवश्यक रहेको डा. पुन बताउनुहुन्छ । अब आउने चाड र्वमा कोरोनाको जोखिम बढ्ने देखिएको छ ।

अहिलेको आउने चाडवाड फरक तरिकाले मनाउन आवश्यक छ । भीडभाड हुने गरि रमाइलो नगर्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनकाे सुझाब छ । टीका लगाउँदा भरसक बाहिर खुला ठाउँमा दुरी कायम गरेर लगाउन सल्लाह दिनुहुन्छ डाक्टर पुन । कोठामा धेरै जना बसेर रमाइलो गर्दा संक्रमण बढ्ने खतरा बढी हुन्छ । भरसक कुराकानी कम गर्दा राम्रो हुन्छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यको मापदण्ड पालना गर्न सवैलाई अनुरोध गर्नुहुन्छ ।अरुको लागि मास्क लगाउनेभन्दा आफू र आफनो समुदाय कोरोनाबाट बचनको लागि स्वास्थ्यका माण्दण्ड पालना गर्न आवश्यक रहेको अधिकारी दुलाल बताउनुहुन्छ । प्रशासनले प्रहरी मार्फत स्वास्थ्यका मापदण्ड पालना गराउन काम गरिरहेको उहाँ बताउनुहुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक