20201025

उज्ज्वल ठकुरीले राखे ७ बिश्व किर्तिमान !

उज्ज्वल ठकुरीजीलाई नेपाल मदर डट कमको तर्फबाट पनि हार्दिक बधाई सातौं रेकर्डका लागि ।

  उज्ज्वल ठकुरीजीले नेपाल मदर डट कमलाई पठाउनुभएको समाचार सहितको पत्र तल जस्ताको तस्तै : म नेपालको काठमाडौँ मा जन्मेको ४५ काटेको कराते खेलाडी उज्ज्वल ठकुरीले फेरी गिनेस बुक अफ वर्ल्ड रेकर्डमा सातौ उपाधि कमाउन सफल भए है। म एक वर्ल्ड मार्शल आर्ट्स च्याम्पियन, नेपाली खेलाडी उज्ज्वल ठकुरीले तिन मिनेटमा ४ फूट माथि किक प्याद राखी ५ किलो ओजन खुट्टामा बाधेर एक खुट्टामात्र परिचालन गरि 157 चोटी हिज्जा प्रहार गरेर बिश्वलाइ चकित परेको छ। यो रेकर्ड भारतको बिश्व किर्तिमान खेलाडी एन नारायणले ३ मिनेटमा 138 किक हानेका थिए भने पाकिस्तान को सर्ब उत्क्रिस्ट खेलाडी कीर्तिमानी महमद रसिदले दुइ खुत्त्ताले तिन मिनेटमा 151 हिज्जा प्रहार समेत भंग गरिदिएको छु। म उज्ज्वल ठकुरी अहिले इनिहरुको एकल रेकर्ड पनि तोड्न कोसिसमा छु । म उज्ज्वल ठकुरीले विदेशमा बसेर १२ घण्टा काम गरेर १० ओटा सम्म बिश्व किर्तिमान गर्ने प्रण राखेको छु । म उज्ज्वल ठकुरी ले नेपाल को लागि एउटा नौलो इतिहास ७ ओटा किर्तिमान राखेर इतिहास रची सके। आज सम्म नेपाल देशमा जन्मेको एक मात्र नेपाली उज्ज्वल ठकुरीले मात्र प्रबासी भएर अमेरिकामा ७ ओटा बिश्व रेकर्ड राख्न सफल भएको खेलाडी हु म । एस्तो इतिहास अमेरिकामा न त भारत देशको प्रबासी छ न त पाकिस्तान देश न त चिनको नागरिक जन्मिन सकेको छैन। आज सम्म अन्तर आत्मा बाट सहयोग गर्नु हुने सम्पूर्ण संघ संस्था र समुदायमा धन्यबाद दिन चाहन्छु । न्यु योर्क को सम्पूर्ण टिमलाइ धन्याबाद दिन चाहन्छु। यो बिश्व कीर्तिमानी हो। यो इतिहास राख्दा कुन देशमा जन्मेको नागरिक र कुन देशको नागरिकहरुले सहयोग दुवै को इतिहास सदैब कोरिने इतिहास हो जसरि "संस्था बाना "को नाम समेत बिश्व किर्तिमानमा कोरिएको छ तेसरी नै म अरु संघ संस्था को नाम लगेर त्याहा कोर्न खोजु नराम्रो नहोला भन्ने राम्रो नियत राखेको छु। हिजो को को ले सहयोग गर्नु भएन त्यो कुरा बिर्सीदिनुस भोलिको लागि म ८ ९ र १० ओटा किर्तिमानअरु थप गर्दै छु यो रेकर्ड राख्न मेरो नेपाली समुदाय अगाडी आउनुस र आर्थि भौतिक सयोग गरिदिनुस भनि अनुरोध गर्दछु। यो तपाईहरुको पनि कर्तब्य हो। यो तपाईहरुको पनि जित हो। देशको जित भएसी तपाईहरुको जित भएन र ? देशको नेताहरुलाई मात्र गालि गरेर के गर्ने तपाइँहरुले पनि मान्छे बनाउने कर्तब्य पालन गर्नु पर्छ होइन र एक समाज सेवक भएसी। आज सम्म समाचार लेखिदिनु हुने सम्पूर्ण पत्र पत्रिकालाइ धन्यबाद। मेडिया राष्ट्र को चौथो अंग हो। म मेडियालाइ सदैब सम्मान गर्छु। तर मेडिया ले सत्य तथ्य कुरा जनता सामु खालि पैसा दिए राख्ने ,नदिए नराख्ने खेल बन्द गर्नुस। २०१४ को कुरा सबुत माथि छ। मैले देश पिडितमा परेको बेला भुकम्पले लत्पतिएको बेला केहि रकम देशमा पठाए र त्यो रकम पठाएको कुरा एक दम इज्ज़त साथ् राष्ट्रिय मिडियाहरुले पत्र पत्रिकामा लेखे तर ७ ओटा बिश्व किर्तिमान राख्दा बिश्व किर्तिमानधारी रबिलामिछाने देखि कान्तिपुर अन्नपूर्णले बिर्सिनुहुने छैन होला। देशमा किर्तिमान राख्ने खेलाडीहरु को खबर छापेर प्रेरणा प्रोत्साहन देशको सम्पूर्ण खेलाडीहरुलाई दिनु हुन्छ होला। एक असल नागरिक बनेको खबर छाप्नु हुन्छ होला भन्ने आश बोकेको छु। मिडिया पैसामा बिकेर एक हत्यारा , आतंकारी , बलात्कारी , भ्रस्तारी को समाचार मात्र लेख्नु राम्रो देखिन्न र तेस्तो समाचारले देशमा कस्तो असर गर्छ त्यो मेडियाहरु आफैले विचार गर्नु होस्। म किर्तिमान धारी खेलाडी हु। हो म अलिक घमण्डी छु। हात जोर्ने बानि छैन। तर मेरो प्रस्न सम्पूर्ण मेडियाहरुलाई के बिश्व किर्तिमान राख्नु गुण्डा गर्दी गर्नु हो? के बिश्व किर्तिमान राख्नु एक संघ संस्था को बेज्जत हो ? के बिश्व किर्तिमान राख्नु देश को धन लुटेर भ्रस्टाचार गर्नु हो ? के बिश्व किर्तिमान राख्नु हत्यारा बन्नु हो। के बिश्व किर्तिमान राख्नु जनताहरुमा भ्रम छर्नु हो ? के बिश्व किर्तिमान राख्नु खेलकुदको बेइज्ज़त हो। तेसो भए सर्बप्रथम झुठो बेक्ती " रबि लामिछानेजी " देखिनु भो । किन कि वाह पनि एक अमेरिकन नागरिक हुँदा बिश्व किर्तिमान राखेर नेपाल गएको हो र आज वाह बिश्वमा चिनिने काम पनि पहिला बिश्व किर्तिमान को परिवार भएर नै हो। उदाहरण दिंदा राम्रै मान्छे को लिनु भनेको भएर वहाको नाम लिए है अन्यथा नलिनु होला। राम्रो खबर छाप्नु हुन्न र देशको युवाहरुमा राम्रो कामको प्रेरणा र प्रोत्सहान दिन सक्नु हुन्न भने देश कसरि बन्छ सम्पूर्ण मिडियाहरुले यो खबर सकारात्मक रुपमा लिनु होला। खबर छाप्ने नछाप्ने तपाईहरु को आ आफ्नो विचार को अधिकार तपाईहरु आफै हो। नेपाली लेखाइमा मेरो सुद्दता छैन , तर सुद्द गर्न सक्ने पत्र पत्रिका देश को चौथो अंग र समाज सेवाकहरुले सुद्ध के हो ? कसरि सुद्ध बनाएर छाप्ने ? सबै सत्य कुरा बुझेर सम्झेर देशको इज्ज़त ७ ओता बिश्व राखेको छु नलुकाई छापिदिनु हुन्छ होला। सुद्ध र सत्य माथि छ एक चोटी राम्ररी हेर्नुस , पैसा दिंदा राष्ट्रिय समाचार र पैसा नदिंदा फेसबुक को भित्ता। जय देश जय मात्री भूमी। 
- उज्ज्वल ठकुरी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक