20201008

परालको आगो झैँ सल्किरहेछ नेपालमा कोरोना, कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या पाँच सय ९०, सङ्क्रमितको कुल सङ्ख्या ९८ हजार छ सय १७ !


 काठमाडौं / कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या पाँच सय ९० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले चार जना महिला र आठ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो । कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँकी ७९ बर्षीया महिला, ललितपुरकी ७३ बर्षीया महिला, भक्तपुरकी ८२ बर्षीया महिला, र सुर्खेतकी ८२ बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ३९ बर्षीय पुरुष, धनुषाका ७० बर्षीय पुरुष, काठमाडौँका ५८ र ९१ बर्षीय पुरुष, चितवनका ८१, ८१ र ९२ र कास्की ८३ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

उपत्यकामा आज दुई हजार पाँच सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप दुई हजार पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा दुई हजार ८५ जना, ललितपुरमा तीन सय २० जना र भक्तपुरमा एक सय ३५ जना गरी आज उपत्यकामा थप दुई हजार पाँच सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर एक हजार पाँच सय ६१ जना महिला र दुई हजार आठ सय तीन पुरुष गरी चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९८ हजार छ सय १७ पुगेको छ ।

त्यस्तै आज देशभर आज जना दुई हजार छ सय ७५ कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ७१ हजार तीन सय ४३ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक