20201130

नेपालमा संक्रमण पछि मृत्यु हुनेको संख्या १ हजार ५ सय ८

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगको छ । कोरोना संक्रमणका कारण आज थप २९ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा संक्रमण पछि मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणका कारण काठमाडौमा ३ सय ७५ जना, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९१ गरी काठमाडौ उपत्यकामा मात्रै ५ सय ७८ जनाको मृत्यु भईसकेको छ । आज देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ९ सय ११ वटा पिसीआर परिक्षण गर्दा १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ६ सय १५, ललितपुरमा १ सय २५ र भक्तपुरमा ६९ गरी काठमाडौ उपत्यकामा मात्रै ८ सय ९ जना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगको छ ।

आज देशभर १७ हजार ४ सय २३ जना कोरोना भाईरसका संक्रिय संक्रमित रहेका छन् । जसमध्ये गम्भीर लक्षण देखिएका ३ सय ७५ जनाको आई.सी.यू र ५८ जनाको भेण्टिलेटरमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ । तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमण मुक्त हुनेको दर ९१ दशमलव ९ प्रतिशत रहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक