20201123

ओली देउवा भेट अर्थपूर्ण, तीन घण्टा लामो संवाद, नेकपाको घरझगडा उत्कर्षमा !


 काठमाडौं / प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको लामो संवादले राजनीतिक तरंग पैदा गरेको छ । नेकपाको घरझगडा उत्कर्षमा पुगेको समयमा भएको ओली देउवा भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आफू निकट नेता रमेश लेखकलाई लिएर कांग्रेस सभापति शेर बहादुर देउवा शनिवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तीन बजे बालुवाटार छिरेका देउवा करिब तीन घण्टापछि मात्र बालुवाटारबाट बाहिरिएका थिए । भेट संवैधानिक अंगमा पदाधिकारी नियुक्तिमा केन्द्रित भनिएको छ । तर आश्चर्यको कुरा देउवाले भाग खोजेको भन्दै प्रधानमन्त्रीले यसअघि संवैधानिक परिषद्को बैठक बारम्बार स्थगित गर्दै आएका छन् । तर अहिले त्यही विषयमा मात्र छलफल गर्न प्रधानमन्त्रीले देउवालाई बोलाएकामा नै आशंका छ । त्यो भन्दा ठूलो आशंका तीन घण्टा लामो संवादको आधा घण्टा ओली र देउवाबीच एक्लाएक्लै भएको छलफललाई लिएर गरिएको छ । जबजब नेकपाको घरझगडाले उत्कर्षको रूप लिएका बेला ओलीले संवैधानिक निकायको नियुक्तिको बहानामा देउवालाई बालुवाटार बोलाउने गरेका उदाहरण यस अघि पनि छन् । असार १७ गते पनि यसरी नै दुई नेतावीच दुई घण्टाभन्दा बढी छलफल भएको थियो ।

त्यतिबेला स्थायी समितिमा ओलीको राजीनामा मागिएको थियो । अब बस्ने भनिएका विेशष गरी स्थायी र केन्द्रीय समिति बैठकमा पनि ओलीको राजीनामा मागिने सम्भावना छ । त्यो सम्भावना देखेरै ओलीले देउवासँग भेटेको र सत्ता साझेदारीका विषयमा छलफल भएको सूचना चुहाएको हुन सक्छ । अकं गणित नै हेर्ने हो भने पनि संसदमा ६३ जना सांसद भएको कांग्रेससँगको सहकार्यले मात्र ओलीको सरकार रहिरहन गारो छ । त्यसका लागि ३४ सांसद भएको जसपाको साथ अनिवार्य जत्तिकै छ । तर, जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जसरी अपमानजनक ढंगबाट प्रधानमन्त्रीले मन्त्रीबाट हटाए त्यो हेर्दा उनी सहजै ओलीको समर्थनमा आउलान् भन्न गारो छ । तत्कालै ओलीले काग्रेसलाई सरकारमा ल्याइहाल्न भन्दा पनि आफूमाथिको आक्रमणलाई केही मत्थर पार्न अझ भन्दा दाहाल–नेपाल समूहलाई थर्काउने र देखाइदिने रणनीतिका रूपमा ओलीले उपयोग गरेको देखिन्छ । फेरी कांग्रेस नेताहरुले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया हेर्दा ओलीले भन्ने बित्तिकै कांग्रेस सरकारमा गइहाल्ने स्थिति पनि देखिँदैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक