20201107

अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीलाई ४८ घण्टे अल्टिमेटम

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अन्य चार नेताले सचिवालयको बैठक बोलाउन  अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् । शुक्रबार पार्टी मुख्यालयमा बसेको  पाँच शिर्ष नेताहरुको छलफल गर्दे अध्यक्ष ओलीसंग सामुहिक छलफल गर्ने निर्णय गरेको थियो । पाँच नेताहरुले सनिबार दिउसो  भेट गरी हाल सम्मको असन्तुष्टि ब्यक्त गरेका थिए । उनिहरुले  पार्टी भित्र को आन्तरिक संकट का बारेमा तत्काल छलफल गर्नुपर्ने र त्ष्सका लागि बैठक आब्हान गर्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो ।  अध्यक्ष दाहालले एकल भेटघाट बाट कुनै सहमति नबन्ने भन्दै सामुहिक रुपमा नै छलफल गर्नुपर्ने माग गर्नुभएको थियो ।  पाँचनेताले दुईपेज लामो पत्र बुझाउदै अध्यक्ष ओलीलाई तत्काल बैठक आब्हान नगरे कार्यकारी अध्यक्षका हिसाबका बैठक बोलाउने जानकारी गराउनु भएको थियो ।

करिब साढे दुईघण्टा भएको छलफल समाधान खोल्जे भन्दा पनि एक अकाए प्रति आरोप प्रत्यारोपमा नै केन्द्रित रहेको एक नेताले जानकारी दिनुभयो ।  एक अर्कालाई गुटबन्दी गरेको आरोप लगाउदै नेताहरुले आफुहरु पछि नहट्ने संकेत दिएका थिए ।  पाँच नेताहरुले एक स्वरमा ओली माथी आक्रामक भएपछि ओलीले पनि सरकार गठनभए देखी  असहयोग गरेको भन्दै आक्रोसब्यक्त गर्नुभएको थियो ।

पाँचनेताले बुझाएको पत्रमा अध्यक्ष ओलीले भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलसँगको भएको कुराकानी जानकारी गराउनु पर्ने , पार्टीको बिधि र पद्धतिलाई नमान्नुको कारण माग गरिएको छ । यसैगरी राजदूत सिफारिस ,कर्णाली प्रदेशको समस्यामा प्रधानमन्त्रीको भूमिका , मन्त्रिपरिषद बिस्तार , पर्साका नेकपाका कार्यकर्ता मुकेश चौरासियाको हत्यामा संलग्नलाई कारबाही गर्न भएको अबरोधका बिषयमा पनि जबाफ मागिएको छ ।  यसैगरी मदन भण्डारीफाउन्डेसनका नाममा भै रहेका गतिबिधी , कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभाबकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको जबाफ माग गरिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक