20201122

अमेरिकामा कोरोना झनै बढ्दो, नेपालमा पनि उस्तै !

 नेपालमा झण्डै दुई लाख कोरोना संक्रमित निको भएका छन । विगत २४ घन्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९० दशमलब तीन प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टामा थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन ८ हजार ३२ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १४ पुरुष र ६ सय ५५ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख २० हजार ३ सय आठ पुगेको छ । काठमाडौं उपत्यकामा थप ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७ सय ७३, ललितपुरमा १ सय ३१ र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार २८ जना कोरोना भाइरस संक्रमित

थपिएका छन् । त्यसैगरी प्रदेश १ मा २ सय ४२, प्रदेश २ मा ६१, गण्डकी प्रदेशमा १ सय दुई, लुम्बिनी प्रदेशमा १ सय ७१, र सुदूरपश्चिम प्रदेशमा ६५ जना कोरोनभाइरस संक्रमित थपिएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ । तीमध्ये १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६ हजार ३ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन । संक्रमित मध्ये ३ सय ५९ जना आईसीयु र ६६ जना भेन्टिलेटरमा रहेका छन् । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १६ लाख ६० हजार ७५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या ६ सय ८६ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय २१ पुगेको छ 

यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार प्रयोगशालासँग चौबिस घण्टे स्पष्टीकरण सोधेको छ । कोरोना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएका नमुना एक महिनासम्म र पोजेटिभ आएका नमूना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नभएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको हो । स्पष्टिकरण सोधिएका प्रयोगशालामा स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताल रहेका छन ।

चार अस्पतालका प्रयोगशालामा पिसिआर जाँच गरी रिपोर्ट नेगेटिभ आएपछि हङकङ, दुबई र जापान गएका व्यक्तिको पुन जाँच परीक्षण पोजेटिभ आएपछि सरकारले छानविन अघि बढाएको थियो । त्यस्तै मन्त्रालयले विदेश जना नागरिकहरुका हकमा ए लेभलको प्रयोगशालामा मात्रै परीक्षण गर्न निर्देशन दिएको छ । विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न गराउन पनि निर्देशन दिइएको छ । कोरोनाको परीक्षणमा नेगेटिभ वा पोजिटिभ रिपोर्ट मात्रै दिइदै आएको भए पनि अव इनकन्क्लुसिभ रिपोर्ट आएमा सो रिपोर्टलाई पोजेटिभ मान्ने भन्ने निर्देशन प्रयोगशालालाई दिइएको छ । विदेशबाट आउनेहरुलाई अनिवार्य चौध दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । त्यस अवधिमा कोरोना लक्षण तथा चिन्ह देखिएमा मात्र कोरोना परीक्षण गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

यता अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७७ हजार ५ सय ५२ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार एकैदिनमा १ हजार ४ सय ४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । गत शनिबार नोभेम्बर २१ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार १२ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नया संक्रमितको संख्यामा वृद्धि भएको छ । हाल सम्म कूल १२ करोड २ लाख ७१ हजार जना संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४३ लाख २० हजार ९ सय ६६ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ६० हजार ६ सय ५८ पुगेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक