20201108

नेपालमा कोरोना: हालसम्म मृत्यु हुनेको संख्या एक हजार १०८


 काठमाडौं / नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२  सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ८१७  जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । हाल ३५ हजार ४१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५७ हजार ९२६ जना निको भएर घर फर्केका छन् । नेपालमा अहिले ८१.१   प्रतिशत निको हुने दर छ । देशका विभिन्न अस्पतालमा ३९८ जना आइसीयू र ८२ जना भेन्टिलेरमा रहेर उपचार भइरहेको छ । पछिल्लो चौबीस घण्टामा २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक