20201117

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघ्यो, बंगलादेशमा संक्रमितहरु बढ्दै, फिलिपिन्समा आँधीबाट ६७ को मृत्यु !

 फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ । अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पु¥याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् ।

उता बंगलादेशमा पनि पछिल्लो समयमा कोभिड १९का संक्रमितहरु बढ्दै गएको बताइएको छ । बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका बताइएको छ । बंगलादेशमा शुरुमा कोभिडका संक्रमित नदेखिएको भए पनि अहिले बढ्दै गएका छन् । यहाँ अहिलेसम्म ४ लाखभन्दा बढी संक्रमित भएका छन् । बंगलादेशमा आइतबारसम्म ४ लाख ३२ हजार ३३३ जना संक्रमित भएका छन् ।यहाँका ३ लाख ४३५ जना संक्रमित निको भएका छन् । बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १।३४ प्रतिशत नागरिकको मृत्यु भएको छ ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यहाँका नागरिकमा निको हुने दर ८०.८५ प्रतिशत रहेको पनि बताएको छ ।बंगलादेशका अधिकारीहरुले पछिल्लो समयमा यहाँ कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको बताएका छन् । अधिकारीहरुले यहाँका संक्रमितहरुको निको हुने दरमा पनि बृद्धि हुदै गएको पनि बताएका छन् । 

यसैगरी विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ ।

साथै यस संक्रमणबाट हालसम्म संक्रमित हुनेको संख्या पनि हालसम्म ५ करोड ३० लाख पुगेको सो विश्वविद्यालयको तथ्यांकमा जनाइएको छ । यो भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने व्यक्ति अमेरिकामा छन् । अमेरिकामा मात्र एक करोड १२ लाख संक्रमित भएका सो समाचारमा जनाइएको छ ।

उक्त तथ्यांकमा अमेरिकामा मात्र २ लाख ५१ हजार जना व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको देश भारत हो ।भारतमा मात्र ८८ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । भारतमा यस संक्रमणबाट एक लाख २९ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा भारतपछि धेरै संक्रमित पुगेका छन् । यहाँ करिब ५८ लाख संक्रमित भएका छन् भने यसमध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ ।उता यूरोपेली मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या पछिल्लो समयमा बढेको जनाइएको छ । यसैले ती देशमा पछिल्ला समयमा कडा प्रतिबन्धहरु लगाइएको छ ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक