20201119

नेपालमा कोरोनाबाट आज एकैदिन १७ जनाको मृत्यु

 

काठमाडौँ । कोरोना भाइरसबाट आज थप दुई हजार एक सय तीन जना सङ्क्रमित भएका छन् । आज नौ हजार आठ सय पाँच वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा जम्मा एक हजार दुई सय ३९ जना पुरुष तथा आठ सय ६४ जना महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज काठमाडौँका नौ सय ६५ जना, ललितपुरका एक सय ८९ जना र भक्तपुरका ७५ जना गरी काठमाडौँ उपत्यकामा एक हजार दुई सय २९ जना सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कूल संख्या दुई लाख १५ हजार २० पुगेको छ । यसैगरी आज थप दुई हजार आठ सय ५८ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको कूल संख्या एक लाख ८५ हजार छ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दर ८६ दशमलव ३ प्रतिशत रहेको छ । आज २८ हजार एक सय छ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

आज २५ हजार तीन सय ४७ जना सङ्क्रमित होम आइसोलेसन तथा दुई हजार सात सय ५९ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौँमा १२ हजार चार सय ४१, ललितपुरमा दुई हजार दुई सय ४४ र भक्तपुरमा नौ सय ८९ जना गरी उपत्यकामा मात्रै १५ हजार छ सय ७४ जना अर्थात् ५५ दशमलव ७६ प्रतिशत सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमित मध्ये गम्भिर लक्षण भएका तीन सय ८० जनाको आइसीयु र ६२ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना सङ्क्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या एक हजार दुई सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक