20201213

राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पुर्पक्षको लागि कारागार चलान


 काठमाडौ । राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। २०६४ चैत २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विस्फोट परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो । आलम चर्चित बम कान्डका मुख्य योजनाकार हुन्। अदालतको आदेश अनुसार महताबलाई आइतबार नै जिल्ला कारागार रौतहट चलान गरिएको छ । प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले उनलाइ मंसिर २४ गते बौद्धिमाई नगरपालिका वडा नम्बर ७ बडकी बंकुल एरियाबाट पक्राउ गरेको थियो।

महताब आलम बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ हुन् । सांसद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो भने जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ मा उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक