20201208

मोरङमा माओवादी विप्लव समूहद्वारा शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण लगत्तै घाँटी रेट्दै गोली हानी हत्या !

देश फेरी २०५२ साल अघि नै फर्केको आभास 
 मोरङमा माओवादी विप्लव समूहद्वारा शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण लगत्तै घाँटी रेट्दै गोली हानी हत्या गरिएको भन्ने समाचार सुन्दा स्तब्ध नहुने को नै होला र ! प्रचण्ड र बाबुरामका चेलाहरुको यो अपराध अक्षम्य छ । २०५२ देखी २०६२ साल सम्म सत्र हजार भन्दा बढीको ज्यान लिएर नपुगी त्यस पछि पनि माओवादीकै नाममा बिभिन्न समुह बनाएर हत्या, हिँसा, अपहरण, चन्दा आतंक जारी राखिएको छ यो आखिर के का लागि ?? प्रचण्ड र बाबुरामहरुलेनै यसको जिम्मा लिनु पर्छ किनकी यिनीहरुनै हुन जसले हत्या, हिँसा, अपहरण, चन्दा आतंक सिकाएका हुन । मुलुकले अब हत्या, हिँसा, अपहरण, चन्दा आतंक थेग्न सक्दै सक्दैन । राष्ट्रद्रोही, लुटेरा, भ्रस्टहरुलाई नछुने तर सर्बसाधारण नेपाली जनता, एउटा गाउँको शिक्षक मार्ने यो सानो अपराध हुँदै होइन । यस्ता जघन्य अपराध हुँदा सबैले मुख खोल्नु पर्छ, बोल्नु पर्छ, बिरोध गर्ने मात्रै होइन दोशीलाई न्यायको कठघरामा उभ्याउनुपर्छ नत्र भोलि कोही पनि सुरक्षित हुने छैनन । चेतना भया !

हत्या पछि माओवादी बिप्लब समुहको बिज्ञप्ती जहाँ दश बर्से कथित जनयुद्धकै भाषामा हत्याको जिम्मेवारी लिइएकोछ । हेर्नुस जस्ताको तस्तै :  

'केही यो घटना सम्बन्धी सान्दर्भिक समाचार लिँकहरु 
https://www.onlinekhabar.com/2020/12/914302 

https://www.onlinekhabar.com/2020/12/914362?fbclid=IwAR3OTectez4fCuDEfw6j3pTVByPmF7GuAT-KNn4mQtF9ViCR-R_c0H1dmME




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक