20201213

उखु किसानहरुले आइतबारदेखि काठमाडौको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन शुरु गरे !

 गत वर्ष सरकारसँग गरेको बाचा उद्योगीले पूरा नगरेको भन्दै सर्लाहीका उखु किसानहरुले आइतबारदेखि काठमाडौको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन शुरु गरेका छन् । गत वर्ष भएको त्रिपक्षीय सहमती अनुसार चिनी मिल सञ्चालकहरुले उखु किसानहरुको वक्यौता रकम नदिएपछि आफूहरु शाान्तिपूर्ण प्रर्दशनमा आउनु परेको किसानहरुले बताएका छन् । यसपटकको शान्तिपूर्ण प्रर्दशनमा गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्ने मागमा केन्दित गरेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनु भयो । उद्योग मन्त्रालयलले भने उद्योगीहरुलाई उखु किसानको बक्यौता रकम भुक्तानी गर्न पटक पटक निर्देशन गरेको भए पनि

भुक्तानी नपाउँदा किसान प्रर्दशनमा आएको विषयमा जानकारी भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले सोमवार मन्त्रालयमा किसानका मागका बारेमा छलफल गरी अघि बढने बताउनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक