20210116

आचार्य राजन शर्माद्वारा नेपालको योग विस्तारका लागि ५ लाख राशीको अक्षय कोष स्थापना

 विश्व शान्ति तथा अध्यात्मक विज्ञान समाज The Global Society for Peace and Spiritual Science Incorporated (GSPSS) का संस्थापक,प्राचार्य एवम् अन्तर्राष्ट्रिय ख्यातिप्राप्त  योग गुरु आचार्य राजन शर्माले नेपालको योग

विस्तारका लागि ५ लाख राशीको अक्षय कोष स्थापना गर्नु भएको छ । नेपालमा स्थापित यो नै पहिलो योग विस्तार अक्षय कोष हो । राष्ट्रिय योग दिवसको अवसरमा योग प्रवर्द्धनको लागि अक्षयकोष स्थापना भएको हो । राष्ट्रिय योग दिवस मनाउंने क्रममा सो अक्षय कोष स्थापना भएको हो । अक्षयकोषको संरक्षक योगीआचार्य राजन शर्मा का अनुसार  हकदारको रुपमा सम्पूर्ण नेपाल प्रेमी योगीजनहरु रहनेछन् ।

सो कार्यक्रममा नेपालका विभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरु सल्लाहकारमा रहनु भएको छ । योग दिवसको उपलक्ष्यमा समाजले योग क्षेत्रमा योगदान पुर्याउंने विभिन्न व्यक्तिहरुलाई विश्वयोगराजदुतको रुपमा सम्मान गरेको छ । 

विश्व शान्ति योग राजदुत घोषणा हुनेहरुमा रामजी अधिकारी (मानव सेवा आश्रम ), भागवत मन्जरि राधिका दासी (माया घर), पार्वती पहाडी (अष्ट्रेलिया), बटुक विष्ट(अमेरिका), राजन लोहनी (कतार), होम गौतम (नेपाल )रहनु भएको छ ।

यस्तै अमुल्य मान थैव (बुटवल ), मेनुका थापा (रक्षा नेपाल ), कृष्ण न्यौपाने (लण्डन ), कमल धिमाल (अमेरिका) शोभाकान्त पाडे (काठमाडौं), नारायण भट्टराई (विश्व दर्शन चिन्तन), ॠषि राज लम्साल (पोखरा) खेट राज मैनाली (योग प्रेमी नेपाल), डा.मणि राज डांगी (इटहरी मेट्र्‍क ट्र्ष्ट), चन्द्र गुप्ता (काठमाडौ), रमेश पन्त (भक्तपुर), दिलिप पराजुली (थाई नेपाली संघ थाइल्यान्ड ), श्री युवलाल गौतम (थाइ नेपाली संघ थाइल्यान्ड ), रुद्र बहादुर तामाङ (झापा ), करण विवस(नेपाल )

बटुक कृष्ण (मलेसिया ), भानुभक्त दाहल (योग प्रेमी नेपाल), सुमन खराल (सिङ्गापुर), विश्व प्रकाश गिरि(सिङ्गापुर), सीता खराल(सिङ्गापुर), रुपकराज राउत(दोहा ) रहनु भएको छ ।

पुरस्कार सम्मान :

योग दिवसकै अवसरका योग शिक्षक प्रशिक्षणमा सहभागि कान्छा योगि १२ वर्षका  प्रिन्स न्यौपाने  , ९५ वर्षकि योग साधिका नर माया निरौला  र सपरिवार अन्तर्राष्ट्रिय योग शिक्षक परिक्ष्यामा उत्तिर्ण योगी  तारा निधि पन्त परिवार लाई यस वर्षको १० -१० हजार रुपैयाँ बराबरको पुरस्कारले सम्मान गरिएको छ ।  


यो कोष विस्तारित हुँदै जाने GSPSS नेपाल संयोजक दिर्घ राज गिरीले बताउनु भयो । उक्त रकम योग प्रवर्द्धनको लागि खर्च गरिने छ । विश्वस्तरको योग शिक्षक निशुल्क प्रशिक्षण गर्दै आईरहेको यो अभियानले नेपाललाई विश्व योग गुरु र गन्तव्यको देश बनाउंने महाअभियान थालेको छ । हाल सम्म १६०० जनालाई यो अभियानले मान्यता पाप्त  योग शिक्षक र जन शक्ति तयार पारिसकेको छ । साथै अभियानले दुई विश्व कीर्तीमान राखिसकेको छ ।  

विश्वको विभिन्न देशमा मानवता, सकारात्मक सोच,योग, ध्यान पूर्विय दर्शको विज्ञान प्रर्वद्धन गर्दै हजारौ र लाखौ-लाखलाई संन्जालमा गाँस्न अध्यात्मक विज्ञान समाज सफल भएको छ ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको छ ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

विश्व शान्ति तथा अध्यात्मक समाजको अष्ट्रेलियामा दर्ता रहेको छ । ११ वर्ष अघि नेपाली योगी तथा सकारात्मक सोचका अभियन्ता बाट अस्ट्रेलियाको राष्ट्रिय कानुन अनुसार दर्ता भएको यो अभियानमा विश्वभरका नव चिन्तक तथा जीवन रुपान्तरणका अगुवा चिन्तकहरु जोडिएका छन्।

संयुक्त राष्टसंघबाट अनुमोदन भएको नेपालीद्वारा सन्चालित  अन्तर्राष्ट्रिय छाता संगठन हो । यसले विश्वमा बढ्दै गईरहेको हिंसा , तनाव तथा विभेद जस्ता कार्यक्रमलाई रोक्ने सकारात्मक संबन्धि गतिविधि सन्चालन गरिरहेको छ । ।

सो संस्थाले भारत, क्यानडा,फिजी, अमेरिका,बेलायत, स्पेन,युरोको विभिन्न देशहरु कोरिया, कतार, दुबई लगायत धेरै देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

GSPSS.org.au वेबसाइट रहेको संस्थाले विश्व बन्धुत्व,सहृदयता विस्तार प्रवर्द्दन गतिविधी सञ्चालन गर्दै आईरहेको छ ।

ऐतिहासिक रुपमा योग सम्मेलन गरेर हरेक वर्ष योग दिवस मनाउने मात्र नभई विश्वका विभिन्न क्षेत्रका पादरी ,ईमाम , प्रवचक तथा विभिन्न क्षेत्रमा धार्मिक अगुवा, सकारात्मक सोचका अभियान्ता तथा पूर्विय दर्शनका विज्ञहरुलाई जमघट गराउँदै तर्क बहश र सैदान्तिक प्रस्तुतीहरुलाई अगाडी बढाउँदै आएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक