20210327

नेपाल : ५६ वटा जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो

 नेपालमा अहिले जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ  । वन तथा भू-संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याँक अनुसार अहिले ५६ वटा जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागिरहेको छ ।

पर्सामा मात्र ६० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ भने मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो लागिरहेको छ । तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्य तराई तथा केही पहाडी भेगमा डढेलो निकै फैलिएकोले सतर्क रहन विज्ञहरूले चेतावनी दिएका छन् । हिजोदेखि बढेको वायु प्रदूषणको मुख्य कारण पनि डढेलो नै रहेको वातावारण विभागका प्रवक्ता इन्दुबिक्रम जोशीले बताउनुभयो । वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सावधानी अपनाउन आग्रह गरेकाे छ ।

यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भू-संरक्षण विभागले जनाएको छ । नेपालमा सामान्यतया चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्छ ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक