20210324

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गदै यस वर्षको होली पर्वमा अनावश्यक भिडभाड नगर्न अनुरोध

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गदै यस वर्षको होली पर्वमा अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको छ । मन्त्रालयको प्रेस ब्रिफिङमा सह प्रवक्ता डा. समीर कुमार अधिकारीले कोरोना संक्रमण बढ्ने जोखिम कायमै रहेकाले होली पर्वमा अनावश्यक भिडभाड नगरी परिवारमा रहेर मनाउन सबैमा आग्रह गर्नुभयो । 

यस्तै भारतमा सङ्क्रमितको सङ्ख्या बढ्नाले नेपाल फर्किनेको सङ्ख्या बढ्दै गएकाले प्रवेश विन्दुमा आवश्यक सुरक्षा अपनाउन तथा स्वास्थ्य सहायता कक्षलाई सक्रिय रुपमा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ । यसैबिच, आज काठमाडौँ उपत्यकामा ६३ सहित देशभर १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय ६३ वटा नमुनाको परीक्षण गर्दा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ । यस्तै आज ९० जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको छ । कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार २० पुगेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक