20210328

उनीहरू आफू पनि बाबु आमा हुन्नन् होला र ?

यो धर्तीमा जन्म दिने बाबु आमा 

पहिलो पटक आँखा खोलिदिने बाबु आमा
आफ्नै प्राण भन्दा बढी माया गर्ने बाबु आमा 
नाङ्गालाई लाज छोप्न सिकाउने बाबु आमा 
ताते ताते गर्दै हिँड्न सिकाउने बाबु आमा 
तोते बोली बोल्दै बोल्न सिकाउने बाबु आमा 
खायो खायो मेरो बाबा भन्दै खान सिकाउने बाबु आमा 
लायो लायो मेरो बाबा भन्दै लाउन सिकाउने बाबु आमा
पहिलो पाठशाला घरमै शिक्षा दीक्षा दिने बाबु आमा 
बिना सर्त, निस्स्वार्थ सधैँ माया प्रेम दिने बाबु आमा 
आफू हारेर छोरा छोरी जिताउन खुसी हुने बाबु आमा 
छोरा छोरीको हर खुसीमा गर्व गर्ने बाबु आमा 
यस्ता सबै थोक र महान् बाबु आमालाई, 
किन बुझ्दैनन् होला आफ्नै सन्तानहरू ?? 
दिल टुट्ने गरी बचनका बाणहरू किन हान्छन् होला ?
बाबु आमालाई आँखाको कसिङ्गर किन मान्छन  होला ?
के भोलि उनीहरू आफू पनि बाबु आमा हुन्नन् होला र ?
तिनका सन्तानले पनि भोलि यस्तै यस्तै कहानी दोहोर्‍याउँदा,
उनीहरू पनि आफ्ना बाबु आमा जस्तै धुरु धुरु  रुन्नन् होला र ?? 
                - रामप्रसाद खनाल 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक