20210304

धेरै पछि सुन्न पाइएको एउटा शुभ समाचार !

 
विप्लवले पनि प्रचण्ड र बाबुरामले विगतमा दिएको जस्तो धोखा नदिउन्, हात हतियार खोलाले नबगाउन । सरकारले पनि इमान्दारिता पूर्वक वार्तामा भएको समझदारी कार्यान्वयन गर्दै विप्लव समूह लाई राजनीतिको मूलधारमा ल्याएर देश प्रतिको कर्तव्य निर्वाह गरोस् । देशमा शान्ति छाओस्, हरेक नेपालीले शान्ति पूर्वक बाँच्न र आफ्नै माटोमा गरिखान पाओस्, रातमा मस्त निदाओस् । विप्लव समूह र सरकार बिच भएको यो समझदारी पछि फेरी अर्को कुनै समूह जङ्गलमा नजन्मियोस् । वार्ता र समझदारी प्रति सकारात्मक हुँदै, खुसी व्यक्त गर्दै दुवै पक्षलाई इमान्दारी पूर्वक अगाडि बढ्न, देश र जनताको लागि जिम्मेवार भएर प्रस्तुत हुन विनम्रता पूर्वक आग्रह र हार्दिक शुभकामना । प्रचण्ड बाबुराम नामका देशका महा खलनायकहरू सरकार र विप्लव समूह बिच वार्ता नहोस्, भए पनि वार्ता भाँडियोस् भनेर जसरी लागेका थिए, उनीहरू असफल भएका छन् र उनीहरू सदाका लागि असफल होउन् । नेपाली नेपाली बिचको एकता, सद्भाव कायम रहोस् हाम्रो यही शुभेच्छा छ ।
******
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । सरकार र सो समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रतिबन्ध हटाइएको हो ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारका तर्फबाट वार्ता टोलीलाई धन्यवाद दिइएको जानकारी दिँदै विभिन्न प्रकारका हिंसात्मक गतिविधि गरिरहेको सो समूहसँग वार्ता गर्दै मुलुकलाई शान्तिपूर्ण बनाउनका लागि नेपाल सरकारले गरिरहेको प्रयासमा महत्वपूर्ण सफलता मिलेको बताउनुभयो ।

उहाँले शान्तिका लागि भएको सरकारको पछिल्लो प्रयासले महत्वपूर्ण योगदान पुर्याएकोसमेत बताउनुभयो । आज बिहान मात्रै सरकारी वार्ता टोली र चन्द समूहको वार्ता टोलीबीच तीनबुँदे समझदारी भएको थियो । समझदारीपत्रमा सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र चन्द समूहकोतर्फबाट वार्ता टोली संयोजक एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको छ ।

सो समझदारीलगत्तै आजै बसेको मन्त्रिपरिषद्को बैठकले चन्द समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । आज बिहानको सहमतिमा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने जनाइएको थियो । सहमतिपछि जारी गरिएको विज्ञप्तिमा नेपाल सरकारबाट उक्त समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ गर्ने र मुद्दा खारेजी गरिने उल्लेख छ ।

सहमतिको विस्तृत विवरण शुक्रबार अपराह्न २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका तर्फबाट महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ ।

सरकारीतर्फबाट वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र चन्द समूहका तर्फबाट दीपक चलाउने हुनुहुन्थ्यो । सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते उक्त समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो । 

उता सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न परिपत्र जारी गरेको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न निर्देशन दिएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबारसम्म उक्त समूहका उपल्ला नेताहरुमा धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ ।
यस्तै, अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय र सहजीकरण गर्न समेत निर्देशन दिइएको छ ।
उहाँले भन्नुभयोे, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न आजै निर्देशन भइसकेको छ, शुक्रबार सम्ममा चारजना नेतालगायत छाड्ने तयारी छ, अन्यको हकमा सहजीकरण हुन्छ, अन्य उपल्ला नेतालगायतहरु सबै अहिले नै छोड्ने भन्ने नहोला, अदालतमा विचाराधीन भएको हकमा सहजीकरण हुन्छ ।’


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक