20210323

नरभक्षी पाटेबाघ निकुन्जबाट भागे पछि स्थानिय बासिन्दा त्रसित, निकुञ्जले जंगलभित्र नजान र सतर्क रहन स्थानीयलाई आग्रह

 


बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ मंगलबार भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डिङ सेन्टरमा राखिएको थियो । बर्दियाबाट बाँके ल्याएर राखेको बाघ होल्डिङ सेन्टरको खोरबाटै भागेपछि निकुञ्जले जंगलभित्र नजान र सतर्क रहन स्थानीयलाई आग्रह गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ भागेको जानकारी आएको बताउनुभयो । आफूहरु बाघलाई राखिएको खैरीस्थित टाईगर होल्डिङ सेन्टरको अनुगमन गर्न जान लागेको बताउँदै न्यौपानेले बाघ कसरी भाग्यो भन्ने बारे यकिन जानकारी नभएको बताउनुभयो । गत बिहीबार बर्दियाबाट बाँकेमा ल्याईएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानीयलाई आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेर बर्दिया जिल्लामा यो वर्ष मात्रै नाै जनाले ज्यान गुमाइसकेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक