20210413

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण !

 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र यसलाई नियन्त्रणमा ल्याउन सबैले पहल गर्नुपर्ने बताएका छन् । उनले भने, “कोरोना महामारी तीव्ररुपमा वृद्धि भइरहेको छ । संक्रमण नियन्त्रणका लागि सबै सजग हुन नसकेमा दैनिक ११ हजारसम्म संक्रमित देखिन सक्ने मन्त्रालयको प्रक्षेपण रहेको छ ।”

मन्त्री त्रिपाठीले तत्काल सीमा नाका बन्द नहुने बताउँदै भने, “बाहिरबाट आउनेलाई नाका बन्द गरेर हाम्रा नागरिकलाई आउन नदिनु त भएन नी । जनस्वास्थ्यका मापदण्ड पूरा गरेर व्यवस्थापन गरिन्छ ।”

दक्षिण छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको भन्दै उनले मुख्य सीमा नाकामा एक हजार जनासम्म बस्‍नसक्‍ने सल्डिङ सेन्टर बनाइनेसमेत जनाएका छन् । उनले भने, “सीमामा सम्पूर्ण तयारी गरेर अस्पतालाई चुस्तदुरुस्त राख्‍ने कामहरु पनि सरकारले अगाडि बढाएको छ ।”

उनका अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले बताए ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक