20210405

कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा आजदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू

 कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा आजदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको छ । महाराष्ट्रमा आजदेखि स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यू लागू हुनेछ । त्यसैगरी, सप्ताहान्तमा शुक्रवार राति आठ बजेदेखि सोमबार बिहान सात बजेसम्म पूर्णरूपमा लकडाउन लागू हुनेछ ।

लकडाउनको अवधिमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने बताइएको छ । सो अवधिमा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान सक्ने वा घर–घरमा खाना पुर्‍याउने कार्य भने जारी राख्न पाउनेछन् ।

सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन र सकेसम्म घरबाटै काम गराउन भनिएको छ । यी प्रावधान अप्रिल ३० तारिखसम्म लागू हुने जनाइएको छ । भारतमा आइतबार एकैदिन ९३,२४९ सयभन्दा बढी संक्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताकै सर्वाधिक संख्या हो । उक्त संख्याको आधा भन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा भेटिएका हुन् । भारतमा कोभिड–१९ का कारण हालसम्म करिब १ लाख ६५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म संक्रमित पुष्टि हुनेको संख्या १ करोड २५ लाख नाघेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक