20210427

कोरोनाले के गरिरहेको छ भारतमा ? कसरी नर्क जस्तै बन्दैछ भारत ? हेर्नुस भिडियो र समाचारहरु !

नेपाल पनि पहिलाको अमेरिका र अहिलेको भारत जस्तै बन्ने छ, बन्दै छ । चेतना भया !

मेरी दिदी र भान्जा अहिले दिल्लीमा कोरोना सङ्क्रमण सँग लड्दै हुनुहुन्छ । दिदी भन्नुहुन्छ - "अस्पतालमा बेड त के खुट्टो राख्ने ठाउँ छैन, कुकुर मराइ छ मान्छेको, सद्दे मान्छे अस्पताल गए पनि फर्केर नआउने अवस्था देखेर घरमै अक्सिजनको सिलिन्डर बोकेर आइयो, श्वास प्रश्वास गर्न गाह्रो भइरहेको छ, ए भाइ कुरै नगर, खोइ बाँचिन्छ कि मरिन्छ थाहा छैन"। दिदी, भिनाजु र भान्जा ३ जनाको परिवारमा दिदी र भान्जा कोरोनाले थला परेपछि भिनाजुलाई सङ्क्रमणको डरले घर बाहिर राखिएको छ । भिनाजु भन्नुहुन्छ - "धन सम्पत्ति, आफन्त, साथीभाइ, तेरो मेरो सब बकवास रहेछ भाइ, यस्तो पनि रोग हुँदो रहेछ, दिल्ली त नर्क जस्तो भयो, यहाँको अवस्था र नर्कको बयान उस्तै लाग्न थाल्यो" । 

हुन पनि लास राख्ने ठाउँ, बोक्ने मान्छे छैन, जलाउने ठाउँ नभएर सार्वजनिक ठाउँमा सामूहिक दहन भइरहेको, मान्छे अक्सिजन नपाएर मरिरहेको सञ्चार माध्यममा आइरहेको छ । हामी निरीह बनेर भगवान् सँग प्रार्थना गर्ने सिवाय अरू केही गर्न सकिने अवस्थामा छैनौँ ।

 केही समय अगाडि बुटवलमै आमा र एउटा भाइको परिवार बल्ल तल्ल कोरोना बाट तङ्ग्रिएकोले हामीले नजिकबाट अनुभव गरेका छौँ । अमेरिकामा हाम्रै आँखा अगाडि मान्छे कसरी ढले, कसरी मरे त्यो पनि देखेका छौँ । भारतमा मात्र होइन कोरोनाले नेपाललाई पनि गाँजिसकेको छ । पूर्व राजा रानी, राजा परिवार देखी बहालवाला मन्त्री सम्मलाई घेरिसकेको छ, नेपालमा पनि स्थिति नियन्त्रण भन्दा बाहिर गइसकेको यस्तो अवस्थामा पनि नेपालमा पार्टीका भेला, जमघट, विवाह, पूजा आज, नाचगान, वनभोज, कार्यक्रमहरू देख्दा कोरोना आएको होइन कोरोनालाई बोलाएको हो जस्तो लाग्दैछ । अझ कोरोना हल्ला हो, अफवाह हो भन्दै लापरबाही गर्ने मान्छेहरू, नियम पालना नगर्ने मान्छेहरू देख्दा आश्चर्य लाग्छ । आफू पनि मर्ने र अरूलाई पनि मार्ने काम नगरौँ । कोरोना हामीले सावधानी अपनाएर नियन्त्रण गर्न सकिन्छ । बाँच्ने प्रयास गरौँ । होइन यस्तै लापरबाही गर्ने हो भने नेपाल पनि पहिलाको अमेरिका र अहिलेको भारत जस्तै बन्ने छ, बन्दै छ । चेतना भया ! 

- Face Book Status / रामप्रसाद खनाल                 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक