20210411

पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमल शाह महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारतको हरिद्वारमा, मोदी लाई भन्दा ठुलो सम्मान


पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमल शाह महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारतको हरिद्वारमा पुग्नु भएको छ । चैत्र २६ गते नयाँदिल्ली पुग्नुभएका पूर्व राजा शाह आईतबार बिहान हरिद्वारमा पुग्नु भएको हो । सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा कुम्भमेलामा सहभागी पूर्व राजदम्पति हरिद्वार पुग्नु भएका हो । राजाका हैसियतमा नै आयोजकले निमन्त्रणाा गरेको र चैत्र ३० गते आयोजना हुने र शाही स्नानमा सहभागिता जनाउने कार्यक्रम रहेका छ । हरिद्वार पुग्नु भएका पूर्वराजालाई कुम्भमेला आयोजक समितिले भब्य स्वागत गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक