20210531

नेपालमा चौबीस घण्टामा ११४ सङ्क्रमितको मृत्यु

 नेपालमा कोरोनाभाइरसका चार हजार १७८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १५ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार १७८ सङ्क्रमित पुष्टि भएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ६१ ह्जार ३०२ पुगेको छ । हाल एक लाख छ हजार

४७० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ४९१ सङ्क्रमित निको भएको जनाएको छ । हालसम्म चार लाख ४७ हजार ४४६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने दर ७९.७ प्रतिशत पुगेको छ । हाल ६८९ जना क्वारेन्टिनमा छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ११४ सङ्क्रमितको मृत्यु भएको जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म सात हजार ३८६ जनाको मृत्यु भएको छ ।

उता कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

तर भारतमा दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार १२८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख २९ हजार १०० जनाको ज्यान गएको छ ।

भारतमा हाल कोभिड–१९ का २० लाख २६ हजार ९२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ३८ हजार २२ ब्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

भारतमा हालसम्म ३४ लाख ३१ हजार ५४ हजार व्यक्तिको कोरोना परिक्षण गरिएको सरकारी स्रोतले जानकारी दिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कूल २१ करोड ३१ लाख ५४ हजार डोज खोप लगाइएको छ ।

ब्राजिलमा कोरोनाबाट हुने मृत्युमा कमी आएन
ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ ।यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ ।

यहाँ यो संक्रमणबाट ४ लाख ६१ हजार ९३१ जनाको ज्यान गएकोे आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण घट्न सकेको छैन । कतिपय दिन यहाँ संक्रमितहरुको संख्या घटेको जस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ ।

अधिकारीहरुले संक्रमितहरु यहाँका अस्पतालहरूमा ठूलो संख्यामा रहेका पाइएको छ । अधिकारीहरुले अहिले पनि यहाँका बिरामीको चाप थेग्न सकेका छैनन् । यहाँ गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५२० जना संक्रमितहरु भेटिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार सो जानकारी दिएको छ ।

त्यसैगरी यहाँ कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । ब्राजिलका अधिकारीहरुले यहाँ कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी रहेको बताएका छन् । यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र ३५ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक