20210522

"प्रजातन्त्रमा जनादेश लिने कदम सदा उपयुक्त"

 "मातृभूमिका लागि नेपाली" ले एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ प्रतिनिधिसभा विघटन गरि राजनैतिक निकास दिन भएको प्रयासको समर्थन, "प्रजातन्त्रमा जनादेश लिने कदम सदा उपयुक्त" छ ।  विज्ञप्ति जस्ताको तस्तै:  

"प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गरि राजनैतिक निकास दिन भएको प्रयासको मातृभूमिका लागि नेपाली हार्दिक स्वागत गर्दछ । प्रजातन्त्रमा जनादेश लिने कदम सदा उपयुक्त मानिन्छ र  केपी ओलीले ताजा जनादेश लिन गर्नु भएको निर्णयमा हामी  सैद्धान्तिक सहमति जनाउँदछौ। संसदलाई गणितीय खेलको जुवाखाना जस्तो बनाएर अस्थिरता र अन्यौलको  खेती गर्न खोज्नेहरूलाई जनादेश लिन जाने कार्य असहज र कठिन हुनसक्छ भन्ने हाम्रो ठम्याई छ। प्रजातान्त्रिक प्रक्रिया विरूद्ध अस्थिरताबादीहरूले अवान्छित गतिबिधि गर्नसक्ने र कोभिडका कारण उत्पन्न सङ्कट समाधानमा थप समस्या पैदा गर्नसक्ने सम्भावनालाई लिएर हामी चिन्तित छौँ । 

कोभिड सङ्क्रमणबाट मुलुकलाई पूर्णरूपले मूक्त गर्ने काममा सरकार केन्द्रीत रहोस्, उपचार नपाएर नागरिकको ज्यान जाने अवस्थाको अन्त्य गरोस् र आवश्यक परे स्वास्थ्य सङ्कटकाल लगाएर भएपनि जनतामा स्वास्थ्य सूरक्षाको अनुभूति सरकारले दिलाओस् भन्ने हामी चाहन्छौं । 

चुनावसम्म पुग्नु अघि बालुवाटार जमिन घोटालामा संलग्न दुई पूर्व प्रधानमन्त्रीहरू, लडाकुको नाममा चरम घोटाला गर्नेहरू , गौर नरसंहार घटनाका मुख्य दोषी लगायत पछिल्लो समयमा भएका सबै भ्रष्टाचारका घटना माथी तत्काल छानवीन गरी दोषीहरू माथी हदैसम्मको कारवाही प्रक्रिया अगाडी बढाएर सुशासनको प्रत्याभूति दिलाउन पनि हामी जोडदार माग गर्दछौं । किनभने, निर्वाचन पछि सुशासनको सुरुवात हुने सुनिश्चितताले मात्र आम जनतामा उत्साह थपिने छ । त्यस्तै राष्ट्रिय बोझ बनेको प्रादेशिक संरचना , धर्म निरपेक्षता र जातिबादमा आधारित सबै प्रकारका अवधारणा खारेज गरी  नेपालको मौलिक धर्म सापेक्ष मुलुक निर्माणको  प्रक्रिया सुरु गर्न पनि हामी माग गर्दछौं । दूरगामी महत्वका यस्ता कार्यले मात्र देशमा शान्ति, स्थायित्व र समृद्धिको मार्ग प्रशस्त गर्ने हाम्रो विश्वास छ।  र, यस किसिमका राष्ट्रको पक्षमा गरिने हरेक कार्यमा हाम्रो सङ्गठनको साथ र सहयोग रहने विश्वास पनि हामी दिलाउन चाहन्छौं ।

जय मातृभूमि !

सुशील देवकोटा 

       प्रमुख, 

केन्द्रिय प्रचार प्रसार बिभाग

मातृभूमिका लागि नेपाली"




GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक