20210507

नेपालमा आज देशभर कोरोना भाइरसबाट ९ हजार १ सय ९६ जना संक्रमित, देशभरि आज कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु

 नेपालमा आज देशभर कोरोना भाइरसबाट ९ हजार १ सय ९६ जना संक्रमित भएका छन् । १९ हजार ९ सय ८७ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ९ हजार २३ जना तथा ४ सय ९५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय ७३ जना गरी जम्मा ९ हजार १ सय ९६ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । देशभरबाट गएको २४ घण्टामा २ हजार ९ सय ५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ७८ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभरि आज कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५ सय ७९  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा हाल ७८ हजार ६ सय २९ सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका चार हजार १०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा चार हजार १०६ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना गरी चार हजार १०६ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै काठमाडौं उपत्यकामा ३४ हजार ६२१ जना सक्रिय सङ्क्रमित पुगेका छन् । काठमाडौंमा हाल २५ हजार ९४०, ललितपुरमा पाँच हजार ४२९, र भक्तपुरमा तीन हजार २५२ जना सङ्क्रमित छन् ।


यसै बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिडको महामारीमा सरकार नागरिकको स्वास्थ्य र सुरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै नागरिकले पनि सरकारको अपिल र आदेशको इमान्दार भएर पालना गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले सङ्क्रमितको उपचारमा अक्सिजन, आइसियु अभावको भएका बेला चीनबाट अक्सिजन र भारतबाट लिक्वीड ल्याउने प्रक्रियाको थालनी भइसकेको जानकारी दिनुभयो ।

उहाँले काठमाडौँ उपत्यकामा देशभरिकै बिरामी आउने भएकाले बीर अस्पतालमा ५ सय बेड सङ्क्रमितलाई उपचार गर्न छुट्ट्याइएको, काठमाडौं महानगरपालिकाले पनि कोभिड अस्पताल सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।

मन्त्री गुरुङले कसैको आफन्त नभएको खण्डमा, सबै संक्रमित भएर आइसोलेसनमा बसेको अवस्थामा सरकारले नै डोर टु डोर औषधि सहितको गाडीले सेवा दिने व्यवस्था मिलाइने र यसको व्यवस्थापन नेपाल रेडक्रसले गर्ने जानकारी दिनुभयो ।

मन्त्री गुरुङले गत वर्षको जस्तो किसानले तरकारी, दूध बेच्न नपाएर फालेका समाचार यो वर्ष पढ्न नपरेको जानकारी दिनुहुँदै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रीबसको व्यवस्थापन गरेर अलपत्र परेका नागरिकलाई गन्तव्यमा पुर्‍याएको जानकारी दिनुभयो ।

देशभरि र खासगरी सघन जनघनत्व भएको काठमाडौं उपत्यकामा कोरोनाभाइरसको नयाँ भेरियन्टको सङ्क्रमण तीब्र रुपमा बढिरहेको छ । सङ्क्रमणका गम्भीर लक्षण देखिने व्यक्तिको सङ्ख्या पनि बढिरहेको अवस्थामा उनीहरुलाई अस्पतालमा शय्या उपलब्ध गराउन गाह्रो हुँदै गएको पछिल्लो अवस्थाले देखाएको छ ।

काठमाडौंमा सरकारी, निजी र मेडिकल कलेज गरी ५८ वटा अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै गरेको काठमाडौ स्वास्थ्य कार्यलयले जनाएको छ ।

स्वास्थ्य कार्यालयको वैशाख २३ गतेसम्मको तथ्याङ्क अनुसार ५८ वटा अस्पतालमा दुई हजार ९४५ जना कोभिड–१९ का बिरामी उपचाररत छन् ।

सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रबाट सञ्चालित एपीएफ अस्पतालमा १४८ जना कोभिडका बिरामी उचाररत छन् । जसमा १२० जना जेनेरल वार्डमा, २० जना आइसीयूमा उपचाररत छन् । जसमध्ये ८ जनाको भेन्टिलेटर छन् ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा १८ जना उपचाररत छन् । जसमध्ये छ जना जेनेरल वार्डमा, आट जना एचडीयूमा, दुई जना आइसीयू र २ जना भेन्टिलेटरमा उपचाररत छन् । साथै कीर्तिपुरकै आयुर्वेद अस्पतालमा १४१ जना बिरामी उपचाररत छन् । उनीहरु सबै जनाको जेनेरल वार्डमा उपचार भइरहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

त्यस्तै आर्मी अस्पतालमा १०८ जना कोभिडका बिरामी उपचाररत छन् भने बल्खुस्थित वयोध्या अस्पतालमा १७ जना छन् । जसमध्ये आर्मी अस्पतालमा ८० जना जेनेरल वार्डमा, २० जना आइसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत छन् । वयोध्या अस्पतालमा १५ जना आइसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंको तथ्याङ्क अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ८३ जना कोभिडका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये ४८ जना जेनेरल वार्डमा, २३ जना आइसीयूमा र १२ जना भेन्टिलेरटमा उपचाररत रहेका छन् । काठमाडौं मोडेल अस्पतालमा १८ जना उपचाररतमध्ये ९ जना जेनेरल वार्डमा, ८ जना एचडीयूमा, ४ जना आइसीयूमा र १ जना भेन्डिलेटरमा रहेका छन् ।

त्यस्तै थापाथलिस्थित प्रसूति गृहमा कोभिडका ७५ जना बिरामी रहेको छन् । उनीहरुमध्ये १५ जना जेनेरेल वार्डमा र ५० जना एचडीयूमा राखेर उपचार हुँदै छ । त्यस्तै नर्भिक अस्पतालमा ३७ जना उपचाररत छन् । जसमा १४ जनाको जेनेरल वार्डमा, १५ जनाको एचडीयूमा, चार जनाको आइसीयूमा र चार जनाको भेन्डिलेटरमा उपचार भइरहेको छ ।

ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा १४ जना कोभिडका बिरामी उपचाररत छन् । जसमा १४ जना जेनेरल वार्डमा उपचाररत छन् । त्यस्तै वीर अस्पतालमा १११ जना कोभिडका बिरामी भर्ना भएका छन् । जसमध्ये ९६ जना जेनेरल वार्डमा, १० जना आइसीयूमा र ५ जना भेन्डिलेटरमा उपचाररत छन् ।

यसैगरी महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल २९४ कोभिडका बिरामी उपचाररत रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले जनाएको छ । जसमध्ये १७१ जना जेनरल वार्डमा, ७३ जना एचडीयूमा, ३० जना आइसीयूमा र २० जना भेन्डिलेटरमा रहेका छन् ।

शिक्षण अस्पताल महाराजगञ्जमा १७९ जना कोभिडका बिरामी उपचाररत रहेका छन् । जसमध्ये १२५ जना जेनेरल वार्डमा, ३७ जना आइसीयूमा र १७ जना भेन्डिलेटरमा रहेका छन् ।

बासबारीस्थित गंगालाल अस्पतालमा ३७ जना कोभिडका बिरामीमध्ये २३ जना जेनेरल वार्डमा, ९ जना आइसीयूमा र ५ जना भेन्डिलेटरमा उपचाररत रहेका छन् । त्यस्तै ह्याम्स अस्पतालमा १०२ जना उपचाररत रहेका छन् । उनीहरुमध्ये ७० जनाको जेनेरल वार्डमा उपचार भइरहेको छ भने २० जनको आइसीयूमा र १२ जनाको भेन्डिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै ओम अस्पतालमा ४४ जना कोभिडका बिरामी रहेका छन् । उनीहरुमध्ये ३० जनाको जेनेरल वार्डमा, १० जनाको आइसीयूमा र ४ जनाको भेन्डिलेटरमा उपचार भइरहेको छ । यसैगरी चाबहिलस्थित मेडिकेयर अस्पतालमा १५ जना कोभिडका बिरामी रहेका छन् । जसमध्ये १२ जनाको जेनेरल वार्डमा, २ जनाको आइसीयूमा र एक जनाका भेन्डिलेटरमा राखेर उपचार भइरहेको छ ।

यसैगरी नेपाल मेडिकल कलेजमा ९८ जना उपचाररत रहेका छन् । उनीहरुमध्ये ६६ जना जेनेरल वार्डमा, २० जना आइसीयूमा र १० जना भेन्डिलेटरमा रहेका छन् । काठमाडौं मेडिकल कलेजमा १०२ जना रहेका छन् । जसमध्ये ६० जना जेनेरल वार्डमा, ३३ जनाको आइसीयूमा र ९ जनाको भेन्डिलेटरमा रहेका छन् ।

त्यस्तै मिनभवनस्थित सिभिल अस्पतालमा ६९ जना उपचाररत रहेका छन् । जसमध्ये ४८ जनाको जेनेरल वार्डमा, १९ जनाको आइसीयूमा र ९ जनाको भेन्डिलेटरमा राखेर उपचार भइरहेको छ । मनमोहन मेमोरियल मेडिकल कलेजमा कोभिडका ४८ जना बिरामीमध्ये २७ जनाको जेनेरल वार्डमा, १७ जनाको आइसीयूमा र दुई जनाको भेन्डिलेटरमा उपचार भइहरको छ ।


यसैगरी कलंकीमा रहेका शहीद मेमोरियल अस्पतालमा ५८ जना कोभिडका बिरामी उपचाररत रहेका छन् । उनीहरुमध्ये ४६ जनाको जेनेरल वार्डमा राखेर उपचार भइरहेको छ भने १० जना आइसीयूमा र दुई जनाको भेन्डिलेटरमा उपचार भइरहेको छ ।

बसुन्धरास्थित कान्तिपुर डेन्टर कलेज तथा जनरल अस्पतालमा १०० जना कोभिडका बिरामी रहेका छन् । जसमध्ये जेनेरल वार्डमा ८१ जना, एचडीयूमा ५ जना, आइसीयूमा १२ र दुई जनाको भेन्डिलेटरमा राखेर उपचार भइरहेको छ ।

नोवेल अस्पतालमा १७ जना, यति अस्पतालमा २५ जना, नेपाल नेशनल अस्पतालमा ३ जना कोभिडका बिरामी उपचाररत रहेका छन् । त्यस्तै त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा २९ जना, बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा ५३ जना कोभिडका बिरामी उपचाररत रहेका छन् ।

यसैगरी नेपाल–भारत मैत्रि अस्पतालमा २९ जना, स्तुपा सामुदायिक अस्पतालमा २९, करुणा अस्पातलमा ४३ जना, कान्तिपुर अस्पतालमा ३२ जना, हेल्पिङ्ग ह्याण्ड अस्पतालमा ३५ जना, मदरल्याण्ड अस्पतालमा १९ जना, वीपी स्मितृ अस्पतालमा ३१ जना, विनायक अस्पतालमा १९ जना, ग्राण्ड सिटी अस्पतालमा २५ जना, चिरायु अस्पतालमा २१ जना र भेनस अस्पतालमा २० जना कोभिडका बिरामीको उपचार भइरहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी स्वाकन इन्टरनेसन अस्पताल १०, पिपुल्स अस्पताल ११७ जना, मेट्रो काठमाडौं अस्पतालमा २४ जना, क्षेत्रपाटी अस्पतालमा ५० जना, गौतमबुद्धि अस्पतालमा २२, एभरेस्ट अस्पतालमा २५ जना, राजधानी अस्पतालमा २० जना, काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा २५ र सिवेक अस्पतालमा ६ जना कोभिडका बिरामी उपचाररत रहेका छन् ।

कान्ति बाल अस्पतालमा ४८ जना बालबालिका उपचाररत रहेका छन् । उनीहरुमध्ये ३८ जनाको जेनेरल वार्डमा ७ जनाको एचडीयूमा, ३ जनाको आइसीयूमा उपचार भइरहेको छ ।

त्यस्तै मुलपानी नगर अस्पतालमा २५, अन्तर्राष्ट्रिय अस्पताल ४२ जना, मेमोरियल न्यूरो अस्पतालमा १२ जना उपचाररत रहेका छन् ।

ग्राण्डि अस्पतालमा ७८ कोभिडका बिरामी भर्ना भएका छन् । जनमैत्री अस्पतालमा १२० जना र र्दिगायु गुरु अस्पतालमा १२ जना कोभिडका बिरामी रहेका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक