20210505

Breaking News : २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको रेकर्ड अहिलेसम्मकै धेरै

 गत २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको रेकर्ड अहिलेसम्मकै धेरै कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । संक्रमणमा पनि उस्तै गरी नयाँ रेकर्ड कायम भएको छ । मन्त्रालयका अनुसार २० हजार ७ सय ५६ पीसीआर र ६१६ एन्टीजेन परीक्षण गर्दा ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३,८३५ जना संक्रमित थपिएका छन् । ६६३५२ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक