20210628

उखान टुक्काका खानी, निभ्ने बेलाका बत्ती जस्तै भएका ओली, "अपराध सरदार" प्रचण्ड, "पिंध नभएका लोटा" माकुनेका आरोप प्रत्यारोपहरु : कुन्नी के जती गर्ने लाई भन्दा देख्ने लाई लाज !

उखान टुक्काका खानी, निभ्ने बेलाका बत्ती जस्तै भएका ओली, "अपराध सरदार" प्रचण्ड, "पिंध नभएका लोटा" माकुनेका आरोप प्रत्यारोपहरु  सुन्दा कुन्नी के जती गर्ने लाई भन्दा देख्ने लाई लाज भने जस्तै भएको छ नेपाली जनतालाई । यिनीहरुका भनाभन, गाली गलौज, आरोप प्रत्यारोपहरु सुन्दा यिनीहरु प्रति त दया लाग्छ नै, अझ बढी दया तिनीहरुको लाग्छ जो कार्यकर्ता, समर्थक, पिछलग्गु बनेर यी गुहे नेताहरुको आरती उतार्नमै ब्यस्त र मस्त छन ।

 नेपाल प्रेसका अनुसार एमालेको एकताका लागि वार्तालापहरू चल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो केही दिन मौन बसे । छिन्नभिन्न बन्न लागेको एमालेलाई एकीकृत बनाउने अन्तिम प्रयासस्वरूप उनले आफूलाई ‘कुलिङ पिरियड’ मा राखेको अनुमान पनि गरियो ।


तर, आज मदन भण्डारीको जन्मजयन्तीमा डेढ घण्टा लामो सम्वोधन गर्दा ओली जुनरूपमा प्रस्तुत भए, त्यसले एकताको सम्भावना निकै पर धेकेलिएको प्रतीत हुन्छ । कम्तीमा माधव नेपाल र केपी ओली एउटै पार्टीमा अटाउँदैनन् भन्ने प्रष्ट आभास ओलीको अभिव्यक्तिबाट भएको छ ।

त्यसो त ओली र नेपालबीच पार्टीमा विवाद बढेसँगै तल्लो स्तरको आरोप-प्रत्यारोप चल्दै आएको हो । र पनि नेपाली राजनीतिमा नेताहरूबीच आज बाझाबाझ गर्ने र भोलि गम्लङ्ग अंगालो मार्ने आम प्रवृत्ति छ । त्यसैले माधव नेपाल अन्ततः एमालेमा फर्किन्छन् भनेर नेता-कार्यकर्ताको ठूलो पंति अझसम्म आशावादी थियो । एमालेले महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारी गरेको समाचारले पनि उनीहरूमा थप आशाको सञ्चार गरेको थियो । तर, आजको आक्रमक भाषणले ओलीको बेग्लै मनस्थिति देखाएको छ । ओली र नेपाल दुवै पक्षले आदर्श मान्ने पार्टीका भूतपूर्व महासचिव मदनकुमार भण्डारीकै जन्मजयन्तीका दिन एकता पक्षधर पार्टी पंतिमा चिन्ता थपिएको छ ।

त्यसो त वरिष्ठ नेता नेपालले आफू ओलीसँग मिल्न नसक्ने स्पष्ट संकेत बारम्बार गर्दै आएका हुन् । दुई दिनअघि मात्रै पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्री पदकै लागि अफर आएको तर आफूले विपक्षी गठवन्धनलाई धोका नदिने बताएका थिए ।

ओलीबाट प्रधानमन्त्री पदको अफर आएको’ नेपालको अभिव्यक्तिले एमालेको संस्थापन पक्ष तरंगित बनेको थियो । प्रधानमन्त्री पद जोगाउनकै लागि साम दाम दण्ड भेद सबै उपाय लगाइरहेका ओलीले नेपाललाई यस्तो अफर गरेको कुरा पत्यारिलो त थिएन । तर, पनि पार्टी एकताका लागि हदैसम्म लचिलो भएर प्रस्ताव राखी पो हाले कि भन्ने संशय संस्थापनका नेता-कार्यकर्तामा व्याप्त थियो । आजको भाषणबाट ओलीले त्यसलाई चिरिदिएका छन्, त्यो पनि अत्यन्त कठोर भाषामा ।

उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अब ओरालो लागेको दावी गरेका छन् । यद्यपि अझै पनि ओलीले षडयन्त्रका गोटीहरू चाल्न सक्ने उनको आशंका छ ।

विपक्षी गठवन्धनद्वारा आयोजित अन्तरक्रियामा बोल्दै प्रचण्डले भने, ‘केपीजी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको रुपमा, सबैभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमानबाहेक केहि नजान्ने निरंकुशको रुपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । विचरा केपी ओलीजीलाई सम्झिँदा माया पनि लाग्छ । कठै बिचरा ! १४ वर्ष जेल पनि बसेको हो । तर दृष्टिकोण र प्रवृत्ति कुरा हो । उहाँ ओरालो लागेकै मैले बुझ्छु ।’

ओलीले संकटकाल लगाउने सम्भवाना अझै रहेको प्रचण्डले ईंगित गरे ।

उनले भने, ‘अझै पनि उहाँले षडयन्त्रका गोटी चाल्न सक्ने र जुनसुकै हदमा जाने खतरा पनि छ । प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे गरे पनि हुने भएको छ अहिले । संकटकालका विषयमा उहाँहर”को सहमति बनेको वा नबनेको होला, कुरा भइरहेको होला । त्यसैले खतराको घन्टी अब सकियो, लोकतन्त्र र संविधान सुरक्षित भया भनेर ढुक्क हुने अवस्था बनको छैन । यद्यपि संकेत सकारात्मक छन् ।’

प्रचण्डले राष्ट्रपति संस्था नै बदनाम भएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘राष्ट्रपति भनेको गणतन्त्रको प्रमुख संस्था हो । राष्ट्रपति संस्था यति बदनाम होला भन्ने कल्पना गरेको थिएनौं । तर त्यस्तो भयो ।’

प्रधानमन्त्री ओलीका लागि अहिले संविधान विरोधीहरू सबैभन्दा प्यारा बनेको प्रचण्डले बताए । ‘संविधानको विरोधमा आगो बालेका, अहिलेसम्म संविधानलाई समर्थन नगरेकाहरूसँग उहाँले घुँडा टेक्नुभएको छ,’ उनले भने, ‘उहाँको राष्ट्रवाद उदांगो भयो । अब उहाँ राष्ट्रघातीमा दर्ज हुनुभएको छ ।’

यता एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिव्यक्ति ‘सबैले सिक्न लायक’ रहेको भन्दै व्यंग्य गरेका छन् । आफूहरु जनताको अदालतमा उभिन तयार रहेको उनले बताए ।

विपक्षी गठवन्धनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेपालले ओलीले आजै दिएको अभिव्यक्तिका विषयमा टिप्पणी गरेका हुन् ।

नेपालले भने, ‘हामी आफैं संस्कृति र संस्कारको कुरा गर्छौं अरुको मान सम्मानको कुरा गर्छौं, तर त्यसभन्दा फरक व्यवहार गर्छौं । यसमा नम्बर वान को छ भने सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । उहाँको हिजोआजको अभिव्यक्ति रेकर्ड गरेर राख्नुहोला । कति राम्रा-राम्रा कुरा छन्, हिजोको पनि आजको पनि । ध्यान दिन लायक छ, मननीय छ । सबैले सिक्नै पर्छ । सकारात्मक वा नकारात्मक रुपले सिकौं । किनभने बानी र पानी माथिबाट तल सर्छ ।’ कतिपय भ्रम प्रधानमन्त्री स्वयम्ले निवारण गरेको नेपालले बताए ।

‘मलाई बहुला कुकुरले टोकेको छ र भन्नुभएको छ । विगतको सन्दर्भ पनि अघि सार्नुभएको छ । नामै काढेर पनि भन्नुभएको छ । म धेरै कुरा भन्न चाहन्न । हामी त जनताको अदालतमा उभिन तयार छौं ।’

जबाफ स्वरुप ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसको पछि कुदेको आरोप लगाएका छन् । आफ्नो सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै नेपाललाई उनले ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिए । 

बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘माधव नेपाल भन्ने एकजना कांग्रेसका पछि कुद्ने मान्छे छन् । नेपालको राजनीतिमा सबैले चिन्लान् । यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे ।

ओलीले सर्वोच्च अदालतमा हिंसालाई प्रोत्साहन गर्ने कुरा हुँदा न्यायधिसहरु मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । केही दिनअघि विपक्षी गठवन्धनका तर्फबाट अधिवक्ता रमण श्रेष्ठले गरेको बहसलाई ईंगित गर्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।

बालुवाटारमा आयाजित कार्यक्रममा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा गएको र सर्वोच्चमा पनि प्रचण्डपथ पसेको बताए । केही दिनअघि कांग्रेसका प्रदेश सांसदले नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएको प्रसंग उनले निकालेका थिए ।

ओलीले भने, ‘प्रचण्डपथ यति व्याप्त भइसक्यो कि कांग्रेसले यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त नै बनाइसकेको छ । प्रधानमन्त्रीलाई मार्न नाथुराम गोड्से बन्न तयार छु भनेको प्रचण्डपथ नै हो ।’

ओलीले थपे, ‘अहिले सुप्रिम कोर्टमा पनि प्रचण्डपथको चर्चा हुन्छ । फ्रान्स र बेलायतमा किन काटिँदा रहेछन् त भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले जस्तो गर्दा रहेछन् र पो काटिँदो रहेछन् त भनेर प्रचण्डका एक कार्यकर्ताले बहस गरे । भनेको मतलब अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ ।’

‘आश्चर्य लाग्छ, सर्वोच्चले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । अदालतमा यस्तो कुरा गर्नुहुन्न विद्वान अधिवक्ताज्यू । आफ्नो वक्तव्य सम्हालेर राख्नुस् भनेर न्यायमूर्तिले त्यो सुझाव पनि राख्न सक्नुहुन र ?’ ओलीले प्रश्न गरे ।

ओलीले विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने उत्कट इच्छाका कारण लोकतान्त्रिक मार्ग छोडेको आरोप लगाएका छन् । लोकतान्त्रिक आन्दोलनमा योगदानको इतिहास भएको कांग्रेस पार्टी अहिले ‘प्रचण्डपन्थी’ बनेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘शेरबहादुरजीले प्रधानमन्त्री हुने उत्कट इच्छाले लोकतान्त्रिक मार्ग छोड्नुभो । केही जाली-फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोज्नुभो । संसदबाट बनेको भए हुन्थ्यो । जनतामा गएर बनेको भए हुन्थ्यो । जनतामा जाने बाटोलाई अवरोध गरेर अन्तैबाट प्रधानमन्त्री बन्न खोज्ने ?’

नेपाल प्रेस अगाडि लेख्छ:  ओलीले थपे, ‘जनतामा जाने कुरालाई ‘कु’ भन्यो कांग्रेसले । जनतामा जाने प्रस्ताव ‘कु’ हो भने १७ सालको लोकतान्त्रिक अभ्यास के थियो ? कांग्रसले कु भनेको के हो बिर्सिसकेछ । शेरबहादुरलाई सोध्न चाहन्छु ? माघ १९ के थियो । उहाँलाई लोकतान्त्रिक विधिबाट सत्ता हस्तान्तरण गरिएको थियो ? असोज १८ के थियो ? कु थियो कि थिएन ? त्यतिबेला कु भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत किन भएन ?’

ओलीले पूर्वराजा ज्ञानेन्द्रमाथि पनि निसाना साँधे ।

‘निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरेर ‘अदक्ष’ कि के अरे ? ‘अ दक्ष’ भएको हुनाले हटाइयो । ‘अक्षम’ हुनाले हटाइदिएँ । जननिर्वाचित प्रधानमन्त्री सक्षम छ कि छैन भनेर निर्णय गर्ने आर्टिफिसियल्ली बनेको तथाकथित गद्दीमा बस्ने व्यक्तिको काम होइन । त्यो जनताको काम हो । त्यतिबेला देउवाले किन ‘कु’ भन्न सक्नुभएन ? अहिले जनताका बीचमा जाने कुरा गर्दा कु भन्या छ । प्रतिगमन भन्या छ । प्रचण्डको भाषासमेत सापटी लिएर । भाषा सापटी मात्रै होइन आफ्नै बनाइसक्नुभो । दया लाग्छ । लोकतान्त्रिक आन्दोलनमा इतिहास भएको पार्टी यस ढंगले प्रचण्डपन्थी भएको देख्दा अचम्म लाग्छ ।’ - 

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक