20210618

आज थप ४४ जनाको मृत्यु भएपछि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ८६४१

 नेपालमा कोरोना भाइरसबाट आज थप २ हजार ७ सय ६८ जना संक्रमित भएका छन् । आज ७ हजार ५ सय ६९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ६३ जना तथा ५ हजार ४ सय ६८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हाल सम्म पीसीआर परीक्षणमा ६ लाख १७ हजार ९ सय ४७ जना तथा एन्टिजेन परीक्षणमा २४ हजार ८ सय ६१ जना गरी जम्मा

७ लाख ४२ हजार ८ सय ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै आज थप ४४ जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ८ हजार ६  सय ४१ पुगेको छ । 

आज थपिएको मृतकको सङ्ख्यामा नेपाली सेनाले यस अगाडिका विभिन्न समयमा व्यवस्थापन गरेको शवको सङ्ख्या समेत जोडिएको मन्त्रालयले जनाएको छ । यसै गरी आज थप ४ हजार २० जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यो सँगै हाल सम्म संक्रमण मुक्त हुनेको कूल सङ्ख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको र निको हुने दर ८९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक