20210605

सरकार सत्ता जोगाउन निचताको प्रदर्शन गर्दै, बिपक्षीहरु पनि आफ्नो सत्ता स्वार्थमा तल्लिन

 कामको खोजिमा भारत तिर छिर्न थाले हजारौंँ नेपाली     

सरकार सत्ता जोगाउन निचताको प्रदर्शन गर्दै सर्बाङ्ग नाँगो भैरहँदा र बिपक्षीहरु आफ्नो सत्ता स्वार्थमा अल्झिरहँदा नेपाल गम्भीर संकटमा फसिरहेको छ । नेपालका जिल्ला, गाउँ देखी शहर सर्बत्र कोरोनाले अस्तब्यस्त छ । मृत्‍यु दर केही कम भएको भनिएता पनि बास्तबमा मृत्‍युको सही आँकडा न आएको र परिक्षण एकदमै कम गरिएकाले संक्रमितको सँख्या कम देखिएको स्वयम स्वास्थ्यकर्मी र स्थानीयहरुले बताइरहेका छन । यसै क्रममा नेपालमा आज थप ८ हजार २ सय ४३ जना कोरोना

भाइरस सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयको प्रेस बिज्ञप्तिमा उल्लेख छ । यो सँगै नेपालमा हालसम्म ४ लाख ८४ हजार ३ सय ७३ जना कोरोना संक्रमित निको भइसकेको र निको हुने दर ८२ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी आज थप ५ हजार ४२ जनामा भाईरस संक्रमण पुष्टि भएको छ । आज ११ हजार ४ सय ७१ नमूनाको पिसिआर परीक्षण गर्दा ३ हजार ५ सय ४० जना तथा ५ हजार ३ सय ४३ वटा नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी आज थप ६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यसमा नेपाली सेनाले यस अगाडिका विभिन्न मितिमा व्यवस्थापन गरेको सङ्क्रमितका शवहरूको सङ्ख्या समेत जोडिएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हाल सम्म ७ हजार ७ सय ९९ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यसै बिच काठमाडौंमा जेठ २५ गतेबाट शुरु हुने पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ । यस अभियानअन्तर्गत ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल (चिनियाँ खोप) को पहिलो मात्रा दिन लगाइन लागेको हो ।

शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँबरले खोप सञ्चालनका लागि सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कुरा गर्दै उहाँले यसका लागि सम्पूर्ण तयारी भइसकेको बताउनुभएको हो ।

महानगरपालिकाले खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको र नामहरूखकरिब करिब आइसकेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।

‘यसका लागि पत्राचार गर्नुपर्दैन । मौखिक रुपमा भने पनि हुन्छ । ३२ वटा वडामध्ये धेरै वडाबाट खोप सञ्चालन गर्ने केन्द्रको नाम आइसक्यो । अब एक–दुई ठाउँबाट आउन बाँकी छ । त्यो पनि भोलिसम्म आइपुग्छ,’ उहाँले भन्नुभयो । साथै उहाँले ३२ वटै वडाबाट खोप सञ्चालन गर्ने केन्द्रको नाम आइसकेपछि यो केन्द्रको नाम सार्वजनिक गर्ने बताउनुभयो ।जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुने पहिलाो चरणको खोप अभियानमा उमेर अनुसार खोप लगाइने भएको छ ।

यो पटक ६० वर्ष उमेर समूहका नागरिकलाई एक दिन मात्र खोप लगाइनेछ भने ६१ वर्ष उमेर समूहका नागरिकलाई एक दिन गरेर पाँच दिनसम्म खोप लगाइने विभागीय प्रमुख कुँबरले बताउनुभयो । उहाँका अनुसार जेठ २५ गते ६० वर्षका नागरिकलाई खोप दिइनेछ भने ६१ वर्षका लागि २६ गते दिइनेछ । त्यस्तै ६२ वर्षका लाई २७ गते, ६३ वर्षका लाई २८ गते र ६४ वर्षका लाई २९ गते गरेर पालैपालो खोप लगाइनेछ । कुन उमेर समूहलाई कुन दिन खोप लगाइने त्यसबारे सूचना सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

उक्त उमेर समूहका नागरिकलाई चीन सरकारले उपलब्ध गराएको भेरोसेल (चाइनिज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब १ लाख व्यक्ति लाभान्वित भएका थिए ।

उता अविनाश चौधरीले धनगढी बाट प्रेसित समाचारमा भनेका छन - कोरोना महामारीको डरले स्वदेश फर्केका नेपाली कामदार कोरोना कहरकैबीच पुनः कामको खोजीमा भारततिर जान थालेका छ्न । घरमा बस्दा आर्थिक समस्या भए पछि खर्च जोहोका लागि महामारीकैबीच पुनः भारततिर जान थालेका हुन । उता, केहि न केहि काम पाई हाल्ने आशमा गौरीफन्टा नाका भएर कामको खोजीमा भारत जानेको सङ्ख्या बढ्दै गएको छ ।

भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली कामदार ज्यान जोगाउन स्वदेश फर्केका थिए । स्वदेश फर्केका कामदारसङ्गै नयाँ भेरियन्टसहितको कोरोना पनि भित्रिएको थियो । अहिले पनि नेपाल, भारत दुबै देशमा कोरोना महामारीको जोखिम उच्च नै छ । तैपनि, आर्थिक समस्या आइपरेपछि बाध्य भएर कामको खोजीमा पुनः भारततिर जान थालेको कामदारहरु बताउँछन् ।

गोदावरी नगरपालिका(७ का चन्द्रबहादुर विष्टले आर्थिक समस्याका कारण कोरोना जोखिमकैबीच कामको खोजीमा भारत जान लागेको बताउनुभयो । उहाँले लागेको ऋण तिर्न र बालबच्चा पाल्न घरमा बसेर सकिन्नू, उहाँले भन्नुभयो । बाध्यताले कोरोना जोखिमकैबीच कामको खोजीमा जादैछु ।

कोरोना सङ्क्रमणका कारण भारतको कैयौं सहरमा धमाधम लकडाउन भएपछि कतिपय नेपाली बेरोजगार भएका कारण फर्किएका थिए, भने कतिपय कोरोनाको त्रासले । फर्केको केहि समयपछि फेरि उतै जान थालेका छ्न । पहिलो लहरको कोरोना सङ्क्रमणको बेला पनि भारतबाट फर्केका नेपाली कामदार महामारीकैबीच कामको खोजीमा भारततिरै गएका थिए ।

आफ्नो मुलुकमा रोजगारी नपाएकाले आफू जस्ता निम्न वर्गका धेरै व्यक्ति रोग, भोकसमेत नमानेर भारत जान बाध्य भइरहेको जोशीपुर गाउँपालिकाका पदमराज अवस्थीले बताउनुभयो । यहाँ रोजगारी नपाएकाले गरिबीका कारण भारतमा गएर गुजारा गर्दै आएको उहाँको भनाइ थियो ।

दोस्रो लहरको कोरोना सङ्क्रमण चैतदेखि बढेको थियो । वैशाखमा सङ्क्रमण र मृत्युदर निकै उच्च भएको बेला गौरीफन्टा नाकाबाट तीन हजार ९९३ जना भारततिर गएका छन । यसैगरी, जेठको हालसम्म पाँच हजार ६८९ जना नेपाली भारततर्फ गएको त्रिनगर हेल्थ डेस्कले जनाएको छ । चैतदेखि हालसम्म गौरीफन्टा नाका भएरमात्रै १८ हजार ७७२ जना भारततिर गइसकेको डेस्कका इन्चार्ज गणेश साउदले जानकारी दिनुभयो ।


 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक