20210812

लुम्बिनी प्रदेशमा बन्यो अर्को झालेमाले सरकार !

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।  केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो । उहाँसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको शपथ लिनु भएको छ। 

नेपाली काँग्रेसका डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्री तथा अन्यले विना विभागीय मन्त्रीका रुपमा शपथ लिनु भएको छ । जसपाका पूर्मती ढेंगा र सुमन शर्माले विना विभागीय मन्त्रीको रुपमा शपथ लिनु भएको छ । यसै गरी नवलपरासीबाट सूर्य चिन्हमा चुनाव जितेका अजय शाहीले समेत विना विभागीय मन्त्रीको रुपमा शपथ लिनु भएको हो । शाहीलाई नेकपा एमालेले पार्टीको नीति विपरीत गएको भन्दै कारबाही गर्ने जनाएको छ । लुम्बिनी प्रदेशमा जसपाका ३ जना सांसद नै मन्त्री बन्ने भएका छन् ।

प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त हुनु भएको हो। प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले बुधवार २४ घण्टाको समय दिएर सरकारका लागि दाबी गर्न आह्वान गर्नु भएको थियो। सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी गरेको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक