20210816

राजतन्त्र ढलेको ४८ वर्ष यताको अफगानिस्तानको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपमा कन्त बिजोगको अवस्था, कसरी यो हालत भयो अफगानिस्तान को ?


- प्रिन्स युबराज कार्की 
 

 करिब ४८ वर्ष पहिले यानेकी सन १९७३ मा अफगानिस्तानमा कु गरेर राजा कै प्रधानमन्त्री भएर १० वर्ष काम गरेका मोहम्मद दाउद खानले अफगानका तत्कालीन राजा जाहिर शाह खानलाई हटाएर आर्मीको सहयोगमा राजतन्त्रको अन्त्य गर्दै आफैलाई पहिलो राष्ट्रपति घोषित गरे । त्यतिखेर अफगानिस्तान एउटा विकसित र सम्पन्न राष्ट्रको सुचीमा सूचीकृत थियो । अहिले राजतन्त्र हटेको ४८

वर्ष पछि यो देश गरिब, भोकमरी र दङ्गाग्रस्त देशको रूपमा सूचीकृत छ। दिनहुँ हजारौँ मानिसहरू अकाल मै पनि मरिरहेका छन्। लाखौँ अफगानीहरु अहिले पनि देश बाहिर विदेश मा शरण लिएर बस्न बाध्य छन्। राजाको पालामा बनेको कलकारखाना, उद्योगहरू सबै गोला बारुदले खरानी बनाइसकेको छ। राजा हटे पछि मियो बिनाको देश बनेको यो देशमा धर्म युद्ध, भिन्न भिन्न मुस्लिम समुदायले उठाएका विभिन्न जातीय मुद्दाले युद्धको रूप लिएपछि अहिले यो देश तहस नहस भएको हो । अहिले अफगानिस्तान बिदेशीहरुको खेल मैदान बनेको छ । भोकमरीले मर्नेको संख्या बढ्दो छ । 

यत्तिकैमा तालिवानले देश पुरै कब्जा गरेको छ र राष्ट्रपती बिदेश शरणमा गएका छन । जनताको भाग दौड छ जिउ ज्यान बँचाउन ।       

 नेपालमा पनि जातीय मुद्दा लगायतका अराजकताहरुले रास्ट्रियतालाई कमजोर पार्दै लगेको छ। वास्तवमा ४८ वर्ष अघि अफगानिस्तानमा राजतन्त्र मात्र ढलेको थिएन । त्यो गरिमामय संस्था सँगसँगै देशको राष्ट्रियता पनि ढलेको  थियो तसर्थ बर्सौँ सम्म विदेशीहरूको क्रिडास्थल बनेको यो देश भर्खरै तालिवानी विद्रोहीले सत्ता कब्जा गर्दै गर्दा अफगानी जनतालाई बेवारिसे बनाई अफगानिस्तानका राष्ट्रपति  देश छोडेर भागे । उनलाई देश र जनता भन्दा आफ्नो ज्यान र सम्पत्ति प्यारो भयो। भोलि यही अवस्था नेपालमा भयो भने पनि अहिलेका नेपाली नेताहरुले गर्ने त्यही हो जुन यिनले गरे । 

सायद राजा र राष्ट्रपति बिचको फरक पनि यही हो तसर्थ फेरी पनि भन्छु, बारम्बार भन्छु, सयौँ चोटि मात्र हैन हजार पटक भन्छु - हाम्रो प्यारो देश नेपाललाई अर्को अफगानिस्तान बनाउने खेलमा लागेका यी भातमारा नेताहरूको पछि लागेर पार्टीको झन्डा बोक्ने काम बन्द गरौँ। राष्ट्रनै नरहे  के को पार्टी ? तसर्थ पार्टीको झन्डा हैन राष्ट्रको झन्डा बोकौँ। देश रहे पार्टीको झन्डा पछि फेरी बोकौला। अन्त्यमा बिपीको मेलमिलापको नीति सहित सबै राजा,जनता,राष्ट्रप्रेमी राजनीतिक पार्टी अटाउने व्यवस्थाको रेखा कोर्ने काममा अबिलम्ब लागौँ। 



लगभग ८५ हजारको सङ्ख्यामा रहेका लडाकुहरू सामु ३ लाख भन्दा धेरैको सङ्ख्याका अफगानी राष्ट्रिय सुरक्षाकर्मी कसरी बिचरा बने ? उनीहरूले पर्याप्त प्रतिरोध किन गर्न सकेनन् ? अमेरिकाबाट २० वर्ष संरक्षण र प्रशिक्षण पाएको अफगानी सेना यति निरीह किन रह्यो ?

यसको सबैभन्दा सही जवाफ हो - अफगानिस्तानको भ्रष्ट सरकारले बिदेशीहरुसंग सॅाठगॅाठ गरेर आफ्नो सार्वभौमलाई धुलिसात पारेका कारण त्यहॅाका सैनिकहरूको मनोबल गिरी सकेको थियो। त्यसैले त्यस्ता भ्रष्ट नेताको सत्ता जोगाउन उनीहरूले आफूलाई सक्रिय बनाएनन् ! कतिले आत्मसमर्पण गरे त कति तालिवानि विद्रोही सँगै मिल्न गए । नेपाल पनि अफगानिस्तान बन्ने निश्चित छ यदि पश्चिमाले गाएको गीतमा अझै हाम्रा नेताहरू नाचिरहने हो भने । तसर्थ सबै सचेत नागरिकले ढिला नगरी खबरदारी गरौँ, अफगानिस्तान बन्नबाट बचौँ । 



पूर्व राजा ज्ञानेन्द्र शाह देखी वर्तमान प्रधानमन्त्री शेर बहादुर देउबा, केपी ओली, प्रचण्ड, बाबुराम, माधव नेपाल, नेत्र विक्रम चन्द, राजेन्द्र महतो, उपेन्द्र यादव, महन्त ठाकुर सबैले विगतमा भएका गल्ती बाट पाठ सिक्दै एक अर्का प्रति भएको कुण्ठा त्यागी  देशको लागि एक ठाउँ मा उभिने समय आएको छ। 

 के राजा, के नेता, के अभिनेता, के जनता अब सबका सब एक भएर देशको माटोको लागि एकीकृत भएर देशको भलाईको लागि सोचौँ, देश रहे मात्र हामी र हाम्रो राष्ट्रियता रहने हो, देशको लागि सबैले आआफ्नो ठाउँ बाट पहल थालौँ, देश बचाउने अभियानमा सबै एक भएर जुटौँ। 

दोस्रो अफगानिस्तान हुनबाट हाम्रो देश लाई जोगाऔं । 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक