20210921

फोहोरी राजनीतिको दुस्परिणाम् : राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय !

 फोहोरी राजनीतिको दुस्परिणाम एक पछि अर्को गर्दै भैरहेका निर्णयहरुले नेपाल अफगानिस्तानको बाटो हिँडी रहेको छ । हत्यारा, अपहरणकारी, बलात्कारी, अपराधीहरुको स्वर्गमा संबिधान दिवशका अबसरमा कयौं उनीहरु जेलमुक्त भए । जथाभाबी पदक बाँडेर निर्जिब पदक आफै लज्जित हुने अवस्था आएकै छ । यो अहिले मात्र भएको होइन । केही बर्ष अघि देखिका सरकारहरुका पाला देखिनै फोहोरी राजनीतिको दुस्परिणाम एक पछि अर्को गर्दै देखिन्दै आएकै हो । पाँचौँ पटक प्रधानमन्त्री बनेका शेर बहादुर अब त सुध्रिएलान कि भनेको यिनलाई पनि छलाङे प्रचण्डले झनै बदनाम गराउने अवस्था छ फेरी पनि । ओलीले आफ्ना पाला राजदुत मात्र होइन अघिल्ला सरकारका सबै राजनीतिक नियुक्ती बदर गर्दा शेर बहादुरकी सासु ( जापान कि राजदुत ) मात्र बाँकी राखेका थिए तर अहिले शेर बहादुर सरकारले सबै एकै पटक स्वाहा पारीदिएको छ । यसले देशको पररास्ट्र सम्बन्ध मा मात्र होइन चौतर्फी नराम्रो असर पर्ने पक्का छ । 

आज सरकारले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गर्नुका साथै कोभिड १९ व्यवस्थापन आदेश, २०७८ स्वीकृत गरेको जानकारी दिनुभयो । यसैगरी, बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साँढे १८ किलोमिटर ट्र्याकको काम सुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गरेको, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो । यस्तै मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन गरेको पनि सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी गराउनुभयो ।

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक