20210914

"जीबनको पाना" तेहर्याएर हेर्दा पनि प्यास मेटिएन !

नेपाली चलचित्र जगतका एउटा राम्रो हस्ती, दर्जनौँ चलचित्र, टेलिसिरियल, नाटकका लोकप्रिय र वास्तविक महा नायक,  जिबन्त अभिनयका खानी, मेरा प्रिय र निकट मित्र, बन्धु पनि, सरोज खनालको "जीबनको पाना" तेहर्याएर हेर्दा पनि प्यास मेटिएन । शुरुमै भ्वाइस ओभर बाटै राम्रो एटेन्सन गराउन सफल सरोजले मदन कृष्ण श्रेष्ठ दाई जस्तो एउटा कला, गला, अभिनयको जिउँदो ईतिहासलाई गाउन र अभिनयमा समेत सरिक गराएर यो गीत र भिडियोलाई झन जिबन्त बनाए छन । सबै सबैका लागि स्मरणीय हुने प्रकारको कथा बोकेको गीतका शब्दमा सरोजको अभिनयको म मुल्याङ्कन गर्न सक्दिन मात्र तारिफ गर्न सक्छु । सन्तोष श्रेष्ठको मिठो संगीत, राजेन्द्र वाग्लेको प्रस्तुती, राज केसीको निर्देशन रहेको यो भिडियोमा सरोजले आफ्नै पन र ढङ्ग दिएका छन भन्ने कुरा सरोजसँग एउटै मँच, शो हरुमा सँगै कार्यक्रम प्रस्तुत गर्दा, संगत गर्दा संगत गरेको मैले सजिलै भिउ पाइहालें ।
प्रिय मित्र, बन्धु ! 
यो गीत र तपाईंको बाँकी जीबनको पनि पूर्ण सफलताको कामना गर्दछु । तपाईंको योगदान निरन्तर रहिरहोस शुभकामना ।  
- तपाईंको उही रामप्रसाद खनाल           

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक