20210930

काठमाडौँ जिल्लामा आज राति १२ः०० बजेदेखि लागुहुने गरि भिडभाड, मेला र महोत्सव गर्न रोक

 
राजनीतिक पार्टीका आमसभा, अधिबेशन, सम्मेलन, नारा जुलुशमा नलाग्ने कोरोना अब जनताको दैनिक जिबनमा भने लाग्ने भएको छ । काठमाडौं प्रशासनले त्यस्तै प्रकारको आदेश जारी गरेर दुनियाँ चकित पार्ने काम गरेको छ ।     काठमाडौँ जिल्लामा आज राति १२ः०० बजेदेखि लागुहुने गरि भिडभाड, मेला र महोत्सव गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक आदेश जारी गर्दै मानिसहरू जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने गरी रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा अर्को आदेश नभए सम्मका लागि जारी आदेशमा कोभिड–१९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरू पनि साङ्केतिक रुपमा मात्रै मनाउन आग्रह गरिएको छ । चाडपर्वको समयमा बढी भिडभाड एवं यात्रा गर्दा हुनसक्ने चोरी, ठगी र लुटपाटजन्य गतिविधिबाट सचेत रहन, यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न तथा सवारी साधनको छतमा यात्रा नगर्न पनि आदेशमा भनिएको छ  ।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक