20211102

यमनको उत्तरपूर्वी प्रान्त मारिबमा हुथी विद्रोही र यमनी सैनिकबीच भिडन्त : २५ जना सर्वसाधारण मारिए

 यमनको उत्तरपूर्वी प्रान्त मारिबमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् । हुथीहरुले यहाँको एक मस्जिदमा आक्रमण गरेका यमनी सेनाले जनाएको छ । यमनी सेनाका अनुसार उक्त आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् । हुथीहरुले सोमबार क्षेप्यास्त्र हानेका थिए । त्यस क्षेप्यास्त्र प्रहारका कारण यहाँको सो मस्जिद ध्वस्त भएको छ । उता दुई दिन मात्र अघि पनि

यहाँका हुथी विद्रोही र यमनी सैनिकबीच भिडन्त भएको थियो । त्यसमा परी २४ जनाको ज्यान गएको थियो । यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो ।

हुथी विद्रोहीहरुले समय समयमा यहाँको सेनामाथि पनि आक्रमण गर्ने गरेका छन् । सो क्षेत्रमा केही समययतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरू बढाएका र सरकारका सुरक्षा निकायहरूले पनि निगरानी राखिरहेको बताइएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक