20211106

ललितपुरको मंगलबजारस्थित चक्रबहालमा भएको आगोलागीमा चारजनाको मृत्यु

 ललितपुरको मंगलबजारस्थित चक्रबहालमा भएको आगोलागीमा चारजनाको मृत्यु भएको छ । म्ह पूजा गरिरहेको बेलामा घरको चौथो तलमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय लक्ष्मीकृष्ण ताम्राकारको घरमा एकाएक आगोको मुस्लो देखिएको र तत्‌पश्चात बिस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीको भनाइ छ । घटनामा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी

अन्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । घटनामा दुईजना घाइते भएका छन् र उनिहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले विस्तृत अध्ययन गरिरहेको छ । मृतकको शव पाटन अस्पतालमा राखिएको छ । आज पोष्टमार्टम गरिएपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक