20211107

पश्चिम नेपालको सल्यान जिल्लाबाट दाङको तुलसीपुरतिर जाँदै गरेको एउटा यात्रुवाहक बस सडकबाट तल खस्दा कम्तीमा १२ जनाको मृत्यु

सल्यानमा भएको बस दुर्घटना ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ । आइतबार सल्यान खलङ्गाबाट दाङ तुलसीपुर जाँदै गरेको २५५२ न. को बस कपुरकोट गाउँपालिका –५ खारखोलामा

दुर्घटना भएको थियो ।  सनाखत हुनेमा दाङ शान्तिनगर गाउँपालिका – ६ कोरवाङका ५ वर्षीय सुरज ओली, दाङ घोराही उपमहानगरपालिका १० की ३६ वर्षीया रुपा केसी, सल्यान त्रिवेणी गाउँपालिका – ४ की ९ वर्षीया सरिता बोहरा रहेका छन् । 

यस्तै सल्यान शारदा नगरपालिका –१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका ६– बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका –२ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका– ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका –१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका – ४ की ६० वर्षीया डुलि रेउले छन् । यसैगरी दुर्घटनामा दाङ बबई गाउँपालिका – ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी – ६५ वर्षीया ईन्द्रा अधिकारी सल्यानको छत्रेश्वरी गाउँपालिका –२ का २९ वर्षीय तिलक ओली र  दाङ शान्तिनगर गाउँपालिका –८ की ३५ वर्षीया सावित्रा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए । तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको प्रहरीको भनाई छ । बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरी प्रमुख थापाको भनाई छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीव्र गतिमा गुडेको बसले अर्को सवारीसाधनलाई उछिन्न खोज्दा दुर्घटना भएको देखिएको प्रमुख जिल्ला अधिकारीले बताइन्। भर्खरै विस्तार गरिएको सडकबाट बस झन्डै २०० मिटर तल खसेको थियो। 

"त्यो खासै दुर्घटना हुने ठाउँ चाहिँ हैन रहेछ," उनले भनिन्, "ओभरटेक गर्दा भएको भन्ने छ।" आइतवार अपराह्न बीबीसीसँग कुरा गर्दै उनले भनेकी थिइन्,"हामी अस्पतालमै छौँ। धेरै जना घाइतेहरू हुनुहुन्छ। यहाँ उपचार सम्भव नभएकाले हेलिकप्टरबाट अन्यत्रै लानुपर्ने अवस्था छ।"

उनका अनुसार हाल सिकिस्त अवस्थामा रहेका घाइतेहरूलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको छ। "नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूको उद्धार गरिएको हो," उनले जानकारी दिइन्। दशैँको बेला एउटा यात्रुवाहक बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका-७ मा दुर्घटनामा पर्दा कम्तीमा ३२ जनाको मृत्यु भएको थियो।

नेपालका पहाडी मार्गहरूमा प्रत्येक वर्ष चाडवाडका बेला ठूला दुर्घटनामा परेर धेरै मानिसले ज्यान गुमाउने गरेका छन्। उता तनहुँको व्यास १ गल्बुबेसीमा मोटरसाइकल र नेपाल विद्युत् प्राधिकरणको जिप ठक्कर खाँदा भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गल्बुबेसीका स्थानीय १८ वर्षका रोशन गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा स्थानीय रोशन घर्ती घाइते छन् । उनको टाउकोमा चोट लागेको र अवस्था चिन्ताजनक रहेकाले पोखरा पठाइएको प्रहरीले जनाएको छ । विद्युत् मर्मतका लागि गल्बुबेशीबाट भादगाउँतर्फ जाँदै गरेको को १ ध ४० नम्बरको प्राधिकरण दमौलीको जिप र गल्बुबेसी जाँदै गरेको ग २१ प ४९३६ नं.को मोटरसाइकल ठोकिएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक