20220120

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९ को संक्रमण पुष्टि , फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित

 नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । एकै दिनमा यति संख्यामा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रमित संख्या हो ।१८ हजार ७८ जनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ जनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्पिटामा थपिएका संक्रमितमध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् । यसैगरी पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको संक्रमणबाट मृत्यु भएको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसै बिच कोभिड-१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ । तीब्र रुपमा फैलिरहेको कोरोनाको जोखिम कम गर्न भारतले उडान स्थगित गरेको भारतीय उड्डयन अधिकारीहरूले जानकारी दिएका छन् ।भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको परिपत्रअनुसार नागरिक उड्डयनसँग सम्बन्धित निकायबाट स्वीकृति लिएका र सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन ।पछिल्लो निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट भारत आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को मध्य राति १२ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ ।

तर ‘एअर ववल’ प्रबन्ध अन्तर्गत् दुई देशबीच सम्झौता भएर संचालन हुने उडानहरू भने यस निर्णयबाट प्रभावित नहुने बताइएको छ । बढ्दो कोभिड सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले सन् २०२० मार्च को अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो । तर झण्डै दुई महिनापछि २५ मे, २०२० देखि घरेलु उडान पुनः सञ्चालनमा ल्याएको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक